२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईपीएलः भैरहवा क्वालिफायरमा, सन्दीपको काठमाडौं बाहिरियो



अ+ अ-

काठमाडौं । भैरहवा ग्लाडियसर्टले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरको त्रिवि टियु क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरमा काठमाडौं किंग्स–११ लाई १६ रनले पराजित गर्दै भैरहवा क्वालिफायरमा प्रवेश गरेको हो ।

अब भैरहवाले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै चितवनले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ । 

भैरहवाले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउयो । काठमाडौंका लागि असान प्रियन्जनले ६८ रनको अर्धशतकीय पारी खेलेपनि टोलीको हार टार्न सकेनन् ।

यस्तै जनक प्रकाशले २८ रन बनाए भने अमित श्रेष्ठले १९ रन जोडे । दिनेश अधिकारीले १५ तथा राजु रिजाल १० रनमा पेभिलियन फर्किए । भैरहवाका लागि धम्मिका प्रसाद, कुशल मल्ल र आरिफ शेखले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । भैरहवाका लागि कप्तान शरद भेषावकरले सर्वाधिक ४९ रनको योगदानी दिए । यस्तै प्रदिप ऐरीले ३९ रन जोड्दा उपुल थरंगाले ३५ रन बनाए भने कुशल मल्लले ३२ रन बनाए ।

काठमाडौंका असान प्रियन्जन र कप्तान सन्दीप लामिछानेले २–२ तथा शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले १–१ विकेट लिए । भैरहवा र पोखराबीचको दोस्रो क्वालिफायर बिहीबार हुनेछ । उक्त खेलको विजेताले उपाधिका लागि चितवनसँग प्रतिस्पर्धा गर्नेछ ।