७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी आवश्यक – महामन्त्री थापा

नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी आवश्यक – महामन्त्री थापा
अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताउनुभएको छ ।

आइतबार १० औँ गैर आवासिय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा अबको आठ, दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताउनुभएको हो । उहाँले नेपालको कृषि बजारमुखि हुने र मानिसहरुलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको स्पष्ट पार्नु भयो ।

आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने भन्दै महामन्त्री थापाले बाह्य लगानी भित्र्याउनुपर्ने बताउनुभयो । पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि विकास हुनुपर्ने उहाँको भनाई थियो । महामन्त्री थापाले भन्नुभयो – ‘हाम्रो कृषि बजारमुखि हुने, हाम्रो मानिसहरुलाई एक्सपोर्ट गरेर बाहिर पठाउने, सामान इम्पोर्ट ल्याएर चलाउने । यो धन्दा मात्रै चलाइ राखेर हामीले जति कुरा गरे पनि हाम्रो अर्थतन्त्रको चरित्र जस्ताको तस्तै राखेर हाम्रो देशको अवस्था बदलिनेवाला छैन । यसलाई बदल्ने कुरा हो ।

यसलाई बदल्ने कुराको सन्दर्भमा एउटा डिर्पाचर हामीलाई चाहिएको छ । कृषिको क्षेत्र उद्योगमा नगएर सेवामा गएको छ । अब ८÷१० वर्ष ठुलो लगानी हामीलाई पूर्वाधारमा चाहिएको छ । कनेक्टिभिटी हाम्रो लागि एकदमै ठुलो, महत्वपूर्ण च्यालेन्ज हो । हामीसँग भएको स्रोत, आन्तरिक स्रोत सम्पूर्ण रुपमा परिचालन गर्दाखेरी पनि बाहिरको स्रोत नल्याइकन, बाहिरबाट स्रोत परिचालन नगरीकन हाम्रो पूर्वाधारलाई हामीसँग अहिले स्रोतको अभाव छ । त्यो हामीलाई चाहिएको छ । हामी यो ग्राण्डबाट ल्याउँला, लोनबाट ल्याउँला, डाइरेक्ट इन्भेष्टमेन्टबाट ल्याउँला एउटा पार्ट यो भयो । त्यसपछि हामीले यहाँको इजुकेशन र हेल्थ दुईवटा कुरा । हाम्रो हुमन डेभलपमेन्टको जुन अवस्था छ यो अवस्था नबदलीकन, पूर्वाधारले मात्र हामीलाई पुदैन ।’

महामन्त्री थापाले गैरआवासिय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने बताउनुभयो । गैर आवासिय नेपालीहरुको लगानीसँग नेपालीहरु डराउनु नहुने उहाँले बताउनुभयो । उनीहरुलाई नेपालमा लगानी गर्न दिनका लागि नेपालका नेतृत्वले आत्मविश्वास देखाउनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘हामी नेपालभन्दा बाहिर बसेका पहिलो पुस्ताका नेपालीलाई जसरी नागरिकता दिन डरायौँ । पासपोर्ट दिन डराएका हुन्छौ ।

जसरी तपाईहरुलाई अधिकार दिन डराएका हुन्छौँ । त्यसैगरीकन कता–कता तपाईहरुको लगानीसँग पनि होइन बाहिरबाट आएर कमाएर फिर्ता पो लिएर जान्छन् कि । यहाँ भएको हाम्रो जल, जमिन सबै चलाउँछन् पो हो कि भनेको जस्तो हामी भारतसँग वा चीनसँग, अमेरिकासँग, युरोपसँग मात्र होइन । आफ्नै दाजुभाइहरुसँग,आफ्नै दिदीबहिनीहरुसँग कहिँ न कहीँ मनमा त्यो संकुचन राखेर बसेका छौँ जसको कारणले गर्दाखेरी हामीले हात खोल्नुपर्ने हो, त्यो हात नखोलेर हाम्रो मुट्ठी कसिएको अवस्था छ । यो विषयको सन्दर्भमा नेपालको लिडरशिपले त्यो कन्फिडेन्स राख्नैपर्छ । र यसका केही नयाँ ढंगले हाम्रो साझेदारी गर्नैपर्ने हुन्छ ।’

महामन्त्री थापाले नेपालीले गैरआवासिय नेपालीहरुको लगानीलाई आशंकाको दृष्टिले हेर्नु नहुने बताउनुभयो ।