१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्‍चार मन्त्रालयको जिम्मा कार्कीलाई



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्कीलाई दिने भएका छन् । बिहिबार सत्ता गठबन्धन दलबिच भएको सहमती अनुसार कांग्रेसले लिएकामध्ये सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी कार्कीलाई दिने भएका हुन् । उनी हाल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् ।

प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय आफैँसँग राख्ने भएका छन् । अरुभन्दा महत्वपूर्ण मन्त्रालय भएकाले प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय आफैँसंग रोखेको एक नेताले बताए । ‘अरुभन्दा महत्वपूर्ण मन्त्रालय हो । त्यही कारण रक्षा उहाँ आफैँले राख्नुहुन्छ,’ उनीनिकट एक नेताले भने ।

सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबण्डा मिलाएर शुक्रबार मन्त्रिपरिषद्लाइ पूर्णता दिने सहमति जुटाएको हो । अब कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादीले ५ तथा जसपा र एकीकृत समाजवादीले ४/४ मन्त्रालय पाउने भएका छन् । समाजवादीले २ राज्यमन्त्री पनि पाएको छ ।