७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

जनताका घरदैलो नजिकैबाट सेवा प्रवाह हुन थालेको छ : ऊर्जामन्त्री भुसाल

जनताका घरदैलो नजिकैबाट सेवा प्रवाह हुन थालेको छ : ऊर्जामन्त्री भुसाल
अ+ अ-

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो नजिकै पुर्‍याएको बताउनुभएको छ ।

ललितपुर महानगरपालिका–२३ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पाँच वर्षका बीचमा स्थानीय सरकारले जनताका धेरै काम गरेका छन्, जनताका घर आँगनमा सिंहदरबार सार्थक भएको छ ।” स्थानीय तहको पहिलो सरकार गठन हुँदा कतिपय स्थानमा भौतिक पूर्वाधार नभएको बताउँदै मन्त्री भुसालले उपलब्ध साधन र स्रोतको सही तवरले प्रयोग गरेर जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कानुन पनि नभएको अवस्थामा जनताको आकांक्षालाई सम्बोधन गर्न गाह्रो थियो, अनुभव पनि थिएन, यद्यपि पाँच वर्षमा स्थानीय सरकारले धेरै काम गरेका छन् ।”

जनताले घर नजिकैबाट सेवा पाएकोमा खुसी व्यक्त गर्दै मन्त्री भुसालले परिवर्तनको आन्दोलनमा आफूहरूले जीवन खर्चिएको र परिवर्तनका एजेन्डा कार्यान्वयन गर्ने अवसर पाएकाले त्यसलाई स्थानीय जनप्रतिनिधिले भरपुररुपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । ललितपुर महानगरपालिका र त्यसअन्तर्गतका वडा मात्र नभई देशभरका स्थानीय सरकारले जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा उहाँको जोड थियो । मन्त्री भुसालले आधुनिक प्रविधिको अधिकतम प्रयोग गरेर स्थानीय सरकारले जनताको सेवा गर्नुपर्छ भन्नुभयो ।

ठेकेदारका कारण कतिपय भौतिक पूर्वाधारका काममा ढिलाइ हुने गरेको उल्लेख गर्दै मन्त्री भुसालले जनताले आफ्नो अधिकारका लागि निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नभुयो, “जनप्रतिनिधिले आफ्ना जनताका लागि योजना पार्ने हो, बजेट छुट्याउने हो, त्यसपछि खरिद प्रक्रियामा जान्छ, त्यसपछि स्थानीय उपभोक्ताले विशेष चासो राख्नुपर्छ ।” जनताको आवश्यकताको आधारमा विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आफूले विनास गरेरभन्दा पनि संरक्षण गर्दै विकास गर्ने सोचका आधारमा अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गमैत्री आधुनिक भवन बनेसँगै अबका दिनमा जनताले गुणस्तरीय सेवा पाउनुपर्ने बताउनुभयो । उहाँले महानगरपालिकाले निरन्तर जनताका कामलाई विशेष प्राथमिकता दिने विश्वाससमेत दिलाउनुभयो । सो अवसरमा भवन निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । वडाध्यक्ष भुयुकाजी महर्जनले वडा कार्यालय भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।