७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्छः प्रधानमन्त्री देउवा

महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्छः प्रधानमन्त्री देउवा
अ+ अ-

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मेला महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने बताउनुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि दमौलीमा सुरु भएको आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्दै उहाँले कोभिड–१९ ले थला परेको अर्थतन्त्र चलायमान बनाउन स्थानीयस्तरमा आयोजना हुने मेला महोत्सवबाट सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि मेला महोत्सव सार्थक सिद्ध हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “कोरोनाले दुई वर्षदेखि रोकिएका मेला महोत्सव सञ्चालन हुनु अर्थतन्त्रका लागि राम्रो हो ।” हरेक नेपालीलाई कोभिड–१९ विरुद्धको खोप लगाइएकाले नेपालीमा आत्मबल बढेको उहाँको भनाइ थियो । स्थानीय स्तरमा उत्पादन हुने वस्तुको प्रचारप्रसार र बजारीकरणमा महोत्सवबाट सहयोग पुग्नुपर्ने प्रधानमन्त्री देउवाले बताउनुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै आम्दानी र रोजगारीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसूँ बसूँ बनाउनुपर्ने धारणा राख्नुभयो । तनहुँमा रोकिएका विकास निर्माणका कामलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वदेशी तथा बाह्य लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै वर्तमान सरकार विकास र समृद्धिको पक्षमा लागिपरेको बताउनुभयो । वैदेशिक रोजगारीमा भएका बेथिती हटाउन आफू लागि परेको बताउँदै मन्त्ती श्रष्ठले देशभित्रै रोजगारीको सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो ।

आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताउनुभयो । चैत २० गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य छ । साथै महोत्सवमा रु छ करोड बराबरको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।

ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रुपले सम्पन्न ग्रामीण बस्तीको प्रवद्र्धनका लागि दर्शकलाई सांस्कृतिक नमूना ग्राम भ्रमण गराउने योजना छ । महोत्सव अवलोकनका लागि दर्शकलाई मानुङकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँ लगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ ।