७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

आयोगले थाल्यो निर्वाचन आचारसंहिता कार्यान्वयन अन्तरक्रिया कार्यक्रम

आयोगले थाल्यो निर्वाचन आचारसंहिता कार्यान्वयन अन्तरक्रिया कार्यक्रम
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ ।

बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा आयोगले यसबारेमा जानकारी दिएको हो । यो कार्यक्रम देशका विभिन्न १५ स्थानमा केन्द्रमा एक र १४ वटा जिल्लाहरुमा सञ्चालन हुने र सातै प्रदेशका सदरमुकाममा कार्यक्रम सञ्चालन गरिने आयोगले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी सुर्यप्रसाद अर्यालले अहिले आयोगले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दलहरुमध्ये राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दलहरुले आयोगमा पठाएका विवरणहरुको रुजु गर्ने काम गरिरहेको बताउनु भयो । उहाँले मतदाता नामावली, मतदाता परिचयपत्र,निर्वाचनसँग सम्बन्धित निर्देशिका लगायतका सामग्री छपाइका लागि विभिन्न ६ वटा प्याकेजको बेलपत्र स्वीकृत गरी आपूर्तिकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको पनि बताउनु भयो ।

सह प्रवक्ता अर्यालले भन्नुभयो, ‘निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दलहरुमध्ये राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दलहरुलाई आयोगको मिति २०७८–१२–०२ को निर्णयअनुसार आ आफ्नो जिल्ला स्तरको संगठन संरचना, जिल्ला समितिको विवरण आयोग र निर्वाचन कार्यालयमा मिति २०७८– १२–६ गते भित्र पेश गर्न निर्देशन दिएबमोजिम दलहरुले आयोग र निर्वाचन कार्यालयमा प्राप्त विवरण रुजु तथा भिरान गर्ने कार्य भइरहेको छ ।

निर्वाचन आचारसंहीता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरुको अन्तरक्रियात्मक कार्यक्रम देशभर विभिन्न स्थानमा हिजो (मिति २०७८–१२–९) बाट प्रारम्भ भएको छ । यस कार्यक्रम देशका विभिन्न १५ स्थानमा केन्द्रमा एक र १४ वटा जिल्लाहरुमा हामी सञ्चालन गर्नेछौँ । सातै प्रदेशका सदरमुकाममा कार्यक्रम सञ्चालन हुनेछन् ।

मतदाता नामावली, मतदाता परिचयपत्र,निर्वाचनसँग सम्बन्धित निर्देशिका लगायतका सामग्री छपाइका लागि विभिन्न ६ वटा प्याकेजको बेलपत्र स्वीकृत गरी आपूर्तिकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको छ ।

निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत आवश्यक हुने मतदाता शिक्षा सामग्री तयारीका लागि विभिन्न ४ वटा समूहमा संघसंस्था सूचिकृतका लागि सूचना गरिएकोमा समूह क अडियो तथा भिडियो सामग्री उत्पादनमा ६१ वटा, भिडियो तथा टेलिभिजन प्रशारणमा १५ वटा, सूचना एवंं सन्देश प्रकाशनमा १९ वटा, सामाजिक सञ्जाल प्रवद्र्धनमा ४५ वटा संघसंस्थाहरुको आवेदन दर्ता भएको छ । यसरी दर्ता भएका आवेदनहरु अध्ययनको प्रक्रियामा रहेका छन् ।’

सह प्रवक्ता अर्यालले निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत आवश्यक हुने मतदाता शिक्षा सामग्री तयारीका लागि विभिन्न ४ वटा समूहमा संघसंस्था सूचिकृतका लागि सूचना गरिएकोमा अडियो तथा भिडियो सामग्री उत्पादनमा ६१ वटा, भिडियो तथा टेलिभिजन प्रशारणमा १५ वटा, सूचना एवंं सन्देश प्रकाशनमा १९ वटा, सामाजिक सञ्जाल प्रवद्र्धनमा ४५ वटा संघसंस्थाहरुको आवेदन दर्ता भएको पनि जानकारी दिनुभयो ।