२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीले चेन्नई सुपर किङ्ग्सको कप्तानी जडेजालाई सुम्पिए



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ सुरु हुनु दुई दिनअघि चेन्नई सुपर किङ्ग्स टिमको नेतृत्वमा ठूलो परिवर्तन भएको छ ।

महेन्द्र सिंह धोनी चेन्नई सुपर किंग्सको कप्तान हुने छैनन् । चेन्नईले आफ्नो ट्वीटर अकाउन्टबाट यो जानकारी दिएको हो । उनले टोलीको कप्तानी छाडेका छन् । उनको स्थानमा रविन्द्र जडेजाले जिम्मेवारी सम्हाल्नेछन् । जडेजा सन् २०१२ देखि चेन्नई सुपर किंग्सको टोलीमा रहेका छन् । चेन्नईले धोनीको कप्तानीमा ४ पटक आईपीएलको उपाधि जितेको छ ।

जडेजालाई फ्रेन्चाइजले १६ करोडमा राखेको थियो । योसँगै धोनीले यो सिजन १२ करोड पाएका छन् । यसअघि पनि जडेजालाई कप्तान बनाइने अनुमान गरिएको थियो । उनी बाहेक मोइन अलीलाई ८ करोड र ऋतुराज गायकवाडलाई ६ करोडमा रिटेन गरिएको थियो ।

धोनीले चेन्नईका लागि २१३ खेलमा कप्तानी गरेका छन् । उनको कप्तानीमा टोलीले १३० खेल जितेको छ । यसबीचमा सुरेश रैनाले ६ खेलमा कप्तानी पनि गरेका थिए जसमध्ये टोलीले २ खेल मात्र जितेको थियो । यी दुई बाहेक टोलीमा कप्तान छैनन् । कप्तानमा यो ठूलो फेरबदलको निर्णय प्रतियोगिता सुरु हुनु दुई दिनअघि चेन्नईको व्यवस्थापनले गरेको हो ।

यस संस्करणको आईपीएल यही मार्च २७ तारिखदेखि सुरु हुँदैछ । पहिलो खेलमा चेन्नई र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।