२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारले बनाएका ऐन-कानून कार्यान्वयन गर्न सकिएन : कानूनमन्त्री खनाल



अ+ अ-

बागमती । बागमती प्रदेश सरकारका आन्तरीक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले संघीयताको अनुभुति गर्न नसकेको बताउनुभएको छ । बिहीवार बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले काठमाडौंमा आयोजना गरेको ‘एफ.एम., रेडियो र टेलिभिजन सञ्चालनमा कानूनी सहजीकरणका उपाय’ का विषयमा सञ्चार सरोकारवालासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रदेश सरकारले बनाएका ऐन, कानूनहरुलाई कार्यान्वयन पनि गर्न नसकेको बताउनुभयो । मन्त्री खनालले संघले प्रदेशलाई अधिकार दिन नखोजेर सामन्ती चरित्र देखाएको बताउनुभयो । उहाँले राजनीतिक नेतृत्व र कर्मचारी सामन्ती चरित्रबाट मुक्त हुन नसकेको भन्दै यसको विरुद्धमा आवाज उठाउनुपर्ने खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले हामी संघीयतामा छौँ । संघीयतामा छौँ तर मलाई अनुभुति भइराखेको छ, संघीयताको मर्म अनुसार यो चल्या छैन । त्यसैले हामीले जति ऐन, कानून प्रदेशमा बनाएका छौँ त्यसलाई कार्यान्वयन गर्न पनि सकिराखेको छैनौँ । अघि भर्खरै मैले हेरे हाम्रो सञ्चार रजिष्ट्रारले देखाउनुभयो एउटा राजपत्रमा प्रकाशित भएको अधिकार प्रदेश छ, त्यसको अर्को मेशिनरी के–के गर्नको लागि अधिकार दिनेचाहीँ संघ छ । हामी जुन राजनीतिक संस्कार बाट हुक्र्यौँ त्यो आफुसँग भएको अधिकार उसले दिन चाहिराखेको छैन । एउटा पक्ष मात्र होइन, अनेकौँ पक्षहरु छन् । त्यसकारणले त्यो सामन्ती चरित्र जो छ, नेतृत्व त्यो चरित्रबाट मुक्त छैन । कर्मचारी मुक्त छैन । राजनीतिक नेतृत्व मुक्त छैन । आम रुपमा यो दुइवटा चरित्रको बारेमा आवाज उठाउनुपर्ने खाँचो छ । मलाई यो कुरा भन्दाखेरी हिच्किचाहट लाग्दैन । राजनीतिमा पनि छ र कर्मचारी संयन्त्रमा पनि छ ।’

मन्त्री खनालले प्रदेश सरकारकै मातहतको सचिव मन्त्रालयमा नहुँदासम्म संघीयता साँचो अर्थमा कार्यान्वयन हुन नसक्ने बताउनुभयो । संघ मातहतका कर्मचारीले प्रदेशको समस्या बुझ्न नसकेका कारण प्रदेश सरकारको निर्णय कार्यान्वयन नभएको उहाँले बताउनुभयो । मन्त्री खनालले प्रदेश सरकारले स्थानीय तह कर्मचारी नियमावली र प्रदेश निजामती कर्मचारी ऐन ल्याउने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीले गरेको निर्णय कार्यान्वयन त्यतिबेला मात्रै हुन्छ, जतिबेला हाम्रो आफ्नो कर्मचारी हुन्छ । प्रदेशको आफ्नो कर्मचारी छैन । जबसम्म प्रदेशको आफ्नै प्रदेश मातहतको सचिव हुँदैन संघीयता साँचो अर्थमा कार्यान्वयन हुँदैन । संघका कर्मचारीले संघको प्रतिनिधित्व गर्ने हो । संघको भाषा बोल्नुहुन्छ उहाँले । त्यहाँको भाषा त बोल्नुहुन्न । त्यहाँको समस्या त बुझ्नुहुन्न । अनि हामीले गरेको निर्णय कसरी कार्यान्वयन हुन्छ ? त्यसो भएको हुनाले हामीले अहिले के गर्दै छौँ भने स्थानीय तह कर्मचारी नियमावली पनि हामी ल्याउँछौँ । प्रदेश निजामती कर्मचारी ऐन पनि हामी ल्याउँछौँ । जतिबेला बाझिन्छ त्यहीँनिर बाँझिएको हदसम्म सच्चिएला, हामी ऐन लिएर आउँछौँ । अब हामी माथिको मुख ताक्दैनौँ । अब हामीले त्यो ऐन लिएर आउँदाखेरी प्रदेशको सचिव प्रदेशकै कर्मचारी हुनुपर्छ भन्ने प्रावधान लिएर आउँछौँ ।’

उहाँले प्रदेश सरकारले ल्याएको सञ्चार ऐनलाई सरोकारवालाको भावना विपरित हुनेगरी संशोधन नगरिने पनि स्पष्ट पार्नुभयो । मन्त्री खनालले सञ्चार रजिष्ट्रारको कार्यालयलाई बलियो बनाइने पनि बताउनुभयो ।