१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भवानी खापुङद्वारा राज्यमन्त्रीको प्रस्ताव अस्वीकार



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादी सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्री अस्वीकार गर्ने भएका छन् । एकीकृत समाजवादीले राज्यमन्त्री बन्न गरेको प्रस्ताव खापुङले अस्वीकार​ गरेका हुन् । 

उनी निकट एक नेताले भने, ‘भवानी खापुङलाई राज्यमन्त्री बनाउने भनिएको हो । तर उहाँले राज्यमन्त्री नखाने भन्नुभयो ।’ यद्यपि खापुङलाई मनाउने प्रयास जारी रहेपनि खापुङले भने आफूलाई राज्यमन्त्रीको प्रस्ताव पनि नआएको निकटस्थलाई बताएका छन् । 

उनी निकट स्रोतले भन्यो , ‘सञ्चार माध्यममा राज्यमन्त्री बन्ने भनेर मेरो जोडिएको छ । तर मलाई कुनै नेताले राज्यमन्त्रीको प्रस्ताव पनि गर्नुभएको छैन । यदि राज्यमन्त्रीको प्रस्ताव आए स्वीकार्ने कुरा पनि हुँदैन भन्नुभएको छ ।’

उनी काँग्रेसका केन्द्रीय सदस्य सीता गुरुङलाई पराजित गर्दै तेह्रथुमबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । 

यता एकीकृत समाजवादीले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । एकीकृत समाजवादीले आफूले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ ।