२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा महत्वपूर्ण नेताहरु छुटे: प्रधानमन्त्री देउवा



अ+ अ-

 काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विस्तार गर्दा धेरै महत्वपूर्ण नेताहरु छुटेको स्विकार गर्नु भएको छ । प्रधानमन्त्री देउवाले संयुक्त सरकार भएकाले सबैलाई समेटन नसकिएको स्पष्ट पार्दै भोलीका दिनमा सबैलाई समेटेर लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘विश्वेश्वर प्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ नामक पुस्तकको विमोचन गर्दै उहाँले पार्टीलाई योगदान दिएका साथीहरु छुटेकोमा दुःख व्यक्त गर्दै उनीहरुलाई उचित भूमिका दिने आश्वासन समेत दिनु भयो ।

प्रधानमन्त्री देउवाले शुक्रबार (हिजो) मन्त्रीपरिषदलाई पूर्णता दिनु भएको थियो । तर महत्वपूर्ण नेताहरुलाई समेटन नसकिएको प्रधानमन्त्री देउवाको भनाई छ । उहाँले भन्नुभयो, ‘भर्खरै सरकार बनेको छ । सरकारमा धेरै र महत्वपूर्ण साथीहरु छुटेका छन । पार्टीलाई योगदान दिएका साथीहरु छुटेका छन । संयुक्त सरकार भएकाले सबैलाई समेटन सकिएन । भोलीका दिनमा सबैलाई समेटेर लैजानेछु ।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको सो पुस्तक विपीबारे जान्न खोज्ने सबैलाई उपयोगी हुने विश्वास समेत व्यक्त गर्नु भयो ।