१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखमा बस दुर्घटना हुँदा अछामका शाहीको मृत्यु, नौ घाइते



अ+ अ-

सुर्खेत । सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रुबाहक बस दैलेखमा दुर्घटना भएको छ । शनिबार राति ८ बजे कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१ दारेभिर नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा अछाम घर भएका भक्तबहादुर शाही रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक नेत्र बुढाले बताए। बसमा २७ जना यात्रु रहेका थिए।

सुर्खेतबाट जुम्ला हिँडेको ना ६ ख ९२२ नम्बरको बस दारेभिर नजिकै पट्टा भाच्चिएर अनियन्त्रित भइ दुर्घटना भएको बुढाले बताए। बसका चालक फरार रहेकाले खोजी जारी रहेको उनको भनाइ छ।