२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानीभेरीमा जीप दुर्घटनामा मृत्यु



अ+ अ-

रूकुम । रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्युहुनेमा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारीको रहेका जनाइएको छ ।  

यात्रु छाडेर फर्किने क्रममा ग१ज ४४५४ नम्बरको जीप सडकबाट १०० मिटर तल खसेर आज विहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी दुई जना घाइते भएका छन् । 

घाइते हुनेमा सानीभेरी–३ का १९ वर्षीय समीर परियार र वडा नं १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको र उपचारका लागि चौरजहारी लगिएको छ ।