काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ द मन्थ घोषित भएका छन् । सेप्टेम्बर महिनाका लागि सन्दीपले पुरुषतर्फको प्लेयर अफ द मन्थको अवार्ड जितेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा लामिछानेले बंगलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मलहोत्रालाई पछि पारेका हुन् ।











