१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन, तर लोप हुँदैछ पिङ



अ+ अ-

तनहुँ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता छ । गाउँघरमा वर्षमा एक पटक भएपनि दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ । विशेषगरी दसैंको बेलामा पिङको छुट्टै महत्व हुन्छ । 

विगतका वर्षहरुमा दमौली सदरमुकाममा पनि पिङ हाल्ने प्रचलन थियो । दसैँ मनाउन गाउँ गएकाहरुले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे । तर विस्तारै पिङ हाल्ने प्रचलन हराउँदै गएको छ । आजभोलि ग्रामीण भेगमा पनि निकै कमै मात्र पिङ देख्न सकिन्छ । 

पहिला पहिला दसैँ आउनु अगावै पिङ हालेर रमाइलो हुने भएपनि आजभोलि त्यस्तो प्रचलन हराउँदै आएको व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठले बताउनुभयो । “दसैँमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो की भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “आजभोलि त पिङ पनि देख्न छाडियो ।”

भिमाद नगरपालिका–९ का शिवकुमार आलेले गाउँघरमा पिङ हाल्ने प्रचलन घट्दै गएको बताउनुभयो । विगतका वर्षहरुमा प्रत्येक गाउँमा पिङ देख्ने गरिएपनि आजभोलि फाट्टफुट्ट मात्रै पिङ देखिने उहाँले बताउनुभयो । “पहिला पहिला जताततै पिङ देखिन्थ्यो, पिङ खेल्न पालो कुर्नुपथ्र्यो, आजभोलि विस्तारै घट्दै छ”, उहाँले भन्नुभयो । 

यस वर्ष भने दसैँमा गाउँघरमा मानिसको चहलपहल बढेको उहाँले बताउनुभयो । “यो वर्ष खोप लगाएको हुनाले शहर सुनसान, गाउँ रमाइलो भएको छ”, उहाँले भन्नुभयो, “दसैँ मान्न शहरबाट गाउँ फर्किनेको चहलपहल राम्रो छ ।”

व्यास नगरपालिकाले विगत दुई वर्षमा खुल्लामैदानमा रोटे पिङ हालेको थियो । गत वर्ष कोरोना कहरका कारण पिङ हालिएन । रोटे पिङ संरक्षणका लागि व्यासले ३१ वर्षपछि दमौलीमा उक्त पिङ हालेको थियो । तर यस वर्ष दमौलीमा पिङ देखिएको छैन । 

केही ठाउँमा भने संस्कृति र परम्पराका लागि भन्दै स्थानीयवासीले पिङ हालेका छन् । बन्दिपुरस्थित टुँडिखेलमा स्थानीय व्यवसायीले पिङ हालेको होटल व्यवसायी किसान प्रधानले जानकारी दिनुभयो । “दसैँमा पिङ खेल्ने परम्परालाई बचाउन यो वर्ष टुँडिखेलमा पिङ बनाएका छौ”, प्रधानले भन्नुभयो । 

व्यास नगरपालिका–५ भुपटोलका कृष्णकुमार श्रेष्ठले पनि व्यक्तिगत लगानीमा पिङ निर्माण गर्नुएको छ । पछिल्लो समय लोप हुँदै गएको पिङको संरक्षण र यसको महत्वलाई उजागर गर्नका लागि व्यक्तिगत लगानीमा पिङ हालेको उहाँल जानकारी दिनुभयो । “आधुनिकतासँगै यस्तो पिङ आजभोलि देख्न पाइँदैन, यसको संरक्षणका लागि पनि पिङ बनाएको हूँ”, उहाँले भन्नुभयो । पिङ निर्माणका लागि डेढ लाख खर्च भएको छ । नेपालीहरुको महान चाडमा चङ्खे पिङ हालेर सस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासी प्रेमकुमार श्रेष्ठले बताउनुभयो । 

कैदीबन्दी–कैदीबन्दीबीच दसैँको टीका

तनहुँ कारागाराका कैदीबन्दीले दसैंको टीका लगाएका छन् । विभिन्न अपराधमा सजाय काटिरहेका कैदीबन्दीले आज कारागारभित्रै दसैंको टीका लगाएका हुन् । 

कोरोना जोखिमका कारण आफन्तको हातबाट टीका लगाउने व्यवस्था नगरिएपनि कैदीबन्दीले आ–आफैँ टीका लगाएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिनुभयो । कैदीबन्दीलाई आफन्तसँग भेटघाट गर्ने प्रबन्ध गरिएपनि यो वर्ष आफन्तको हातबाट टीका लगाउन भने रोक लगाइएको उहाँले जानकारी दिनुभयो । 

“कोरोना कहरका आफन्तलाई टाढैबाट भेट्ने व्यवस्था मिलाएका छौँ, तर टीका लगाउन दिन सक्ने अवस्था भएन”, उहाँले भन्नुभयो, “कैदीबन्दीले आफैँ ठूलाबडाका हातबाट टीका लगाएका छन् ।” कारागारमा हाल २७९ कैदीबन्दी छन् । रासस