१९ फाल्गुन २०८१, सोमबार
March 3, 2025 Monday

11.27°C

काठमाडौं

11.27°C

Kathmandu

Feels-like: 10.72

Wind: 2.06

Humidity: 87

Latest
साहित्यकार झमक घिमिरेमा थपियो नसाको रोग, उपचारमा समस्या माओवादीप्रति अभिनेतृ रेखा थापाको कटाक्ष– ‘लालसेना खोज्न मधेशतिर हिँडेछन्’ मिथिला मध्यमा परिक्रमामा ‘हेल्प डेस्क’ सञ्चालन कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ सोह्र वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न स्ववियु निर्वाचन : पाल्पाका चार क्याम्पसमा १३ संगठन दर्ता पुलिस क्लब वीरगञ्ज गोल्डकपको सेमिफाइनमा बजेट तर्जुमा मार्गदर्शन : ‘स्रोतमा चाप छ, पूर्वतयारी नभएका र प्रतिफल नदिने योजनाका लागि बजेट… गायक सुशान्त केसीले दिए बालेनलाई कन्सर्टमा आउन निम्तो हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिनेछौँ: वनमन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरा पीडितका लागि सरकारले राहत प्याकेज ल्याउँछः प्रधानमन्त्री देउवा (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताउनुभएको छ ।

शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले बेमौसमी बाढीबाट मुलुकभर भएको क्षतिको विवरण सङ्कलन गरेर पीडितलाई राहत र पुनःनिर्माणमा जुट्ने बताउनुभएको हो ।

“सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बाढीपहिराले ठूलो क्षति पुर्‍याएको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “सिमित स्रोतसाधनका बाबजुत पनि पीडितलाई राहत दिन्छौँ ।” मन्त्रिपरिषद्को निर्णयबाट केही दिनअघि राहत व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले बाढीका कारण पूर्वाञ्चललगायत देशभरका विभिन्न स्थानमा क्षति पुगेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले कञ्चनपुरको महाकाली तटीय क्षेत्र र दोधारा–चाँदनीमा विगतमा पनि नदी कटानको समस्या रहेको चर्चागर्दै कैलाली कञ्चनपुरमा धानबालीमा ठूलो क्षति पुगेको बताउनुभयो । निरीक्षणपछि प्रधानमन्त्री देउवालाई जिल्ला सुरक्षा समितिले बाढीको क्षति र वस्तुस्थितिका बारेमा जानकारीसमेत गराएको छ । 

सुदूरपश्चिमको बाढीपहिराको क्षति र पीडितको अवस्था बुझ्न बिहीबार यहाँ आउनुभएका प्रधानमन्त्री देउवाले डोटी, बझाङ, बैतडी र डडेल्धुरामा निरीक्षण गर्नुभएको थियो । उहाँले आज कैलालीमा पनि बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ ।