२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाहसँगको सम्बन्ध बारे समिक्षाको स्पष्टिकरण



अ+ अ-

काठमाडौं । गायिका समिक्षा अधिकारी र नायक पूर्ण बिक्रम शाह (पल शाह)को सम्बन्धलाई लिएर यतिबेला सामाजिक संञ्जाल र सिनेक्षेत्रको चर्चाको विषय बनेको छ । उनिहरु बीच अनैतिक सम्वन्ध रहेको भन्दै समाचारहरु प्रकाशन र प्रशारण भएपछि गायिका अधिकारीले चित्त दुःखाउँदै फेसबुकमा लामो स्टाटस पोष्ट गरेकी छिन् ।

हाल नाबालिक रहेकोले दुई वर्षपछि विवाह गर्ने कागजमा संम्झौता समेत भइ सकेको भन्दै खबरहरु आएपछि उनले यस बारेमा पहिलो पटक मुख खोलेकी हुन् ।

समिक्षाले लेखेकी छिन् :

नमस्कार ,
मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार हरु आएका छन यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पल जी को सम्बन्ध लाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडिया मा आएका छन्, जसले मेरो चरित्र हत्या  भएको छ। यसका साथ साथै पल जि को क्यारिअर माथि आँच आउने किसिमले सस्तो प्रचार बाजि गरिराको छन। यसो नगर्नुहुन अनुरोध गर्दछु।

बिनास्रोत अफबाह मा लेखिएका यी समाचार ले हामिलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्‍याएको  छ यस  कुरा प्रती म र मेरो परिवार  खेद प्रकट गर्दछौ । एउटै क्षेत्रमा भएको हिसाबले पलजी ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ। मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु। र हामिबिच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल  साथमा काम गरिरहेको छौ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मानहानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचार ले निकै दुःखी छु। मैले यो अपेक्षा गरेको थिएन । 

म जे छु जहा छु यो सब मेरा भगवान रुपी दर्शक श्रोता को देन हो र  हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मिडियामा आएका झुटा  समाचार हरु प्रती घोर  निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरु लाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जीवनमा आँच आउने मानहानी तथा चरित्रहिन हुने किसिमको समाचार नबनाउनु होला। 
सबैलाई धेरै धेरै माया
धन्यबाद।