१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश बाहेकका न्यायाधीश छुट्टै बैठकमा बसेपछि इजलास बस्न सकेन



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतमा आज (सोमबार) खाजा समय अघिसम्म पनि इजलास बस्न सकेको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरबाहेकका अन्य १३ जना न्यायाधीश छुट्टै बैठकमा बसेपछि आज तोकिएका ७ वटामध्ये कुनै पनि इजलास बस्न नसकेको हो ।

प्रधानन्यायाधीश जबराले सोमबार ६ वटा संयुक्त र एउटा एकल इजलास तोक्नुभएको छ । यद्यपि उहाँले आफ्ना लागि भने इजलास तोक्नुभएको छैन ।