२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशसम्बन्धी विवाद एक/दुई दिनभित्रै निष्कर्षमा पुग्छ : प्रचण्ड



अ+ अ-

चितवन — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग जोडिएर आएको न्यायालयसम्बन्धी विवाद एक/दुई दिनभित्रै टुंगिने बताएका छन् ।

भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै दाहालले प्रधानन्यायाधीशसम्बन्धी विवादमा संक्षिप्त टिप्पणी गरेका छन् । दाहालले भने, "हिजो हामी गठबन्धनका तीन दल बसेर यो बारेमा छलफल गर्‍यौं । अब पाँचै दल बसेर एकरदुई दिनभित्रै एउटा विन्दुमा पुग्छौं ।"

महाअभियोग लगाउने सम्भावना छ कि छैन भन्‍ने पत्रकारको जिज्ञासामा उनले भने, "महाअभियोगको चर्चा नै भएको छैन ।"

गजेन्द्र हमाललाई मन्त्री नियुक्तिको विषयलाई लिएर विवाद सुरू भएको र राजीनामा दिए पनि विवाद चर्किरहेको उनले बताए । "न्यायलयको स्वतन्त्रतामा कतैबाट आँच नआओस् भने सन्दर्भमा हामी सबै सतर्क हुनु पर्छ । अहिले जुन डिवेट चलेको छ त्यो एक/दुई दिनभित्रै निष्कर्षमा पुग्छ," दाहालले भने ।

मंगलबार परिवारसहित चितवन दाहाल १२ गतेसम्म चितवन रहने कार्यक्रम छ । कान्तिपुर दैनिकमा समाचार छ ।