१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशसम्बन्धी विवाद एक/दुई दिनभित्रै निष्कर्षमा पुग्छ : प्रचण्ड



अ+ अ-

चितवन — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग जोडिएर आएको न्यायालयसम्बन्धी विवाद एक/दुई दिनभित्रै टुंगिने बताएका छन् ।

भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै दाहालले प्रधानन्यायाधीशसम्बन्धी विवादमा संक्षिप्त टिप्पणी गरेका छन् । दाहालले भने, "हिजो हामी गठबन्धनका तीन दल बसेर यो बारेमा छलफल गर्‍यौं । अब पाँचै दल बसेर एकरदुई दिनभित्रै एउटा विन्दुमा पुग्छौं ।"

महाअभियोग लगाउने सम्भावना छ कि छैन भन्‍ने पत्रकारको जिज्ञासामा उनले भने, "महाअभियोगको चर्चा नै भएको छैन ।"

गजेन्द्र हमाललाई मन्त्री नियुक्तिको विषयलाई लिएर विवाद सुरू भएको र राजीनामा दिए पनि विवाद चर्किरहेको उनले बताए । "न्यायलयको स्वतन्त्रतामा कतैबाट आँच नआओस् भने सन्दर्भमा हामी सबै सतर्क हुनु पर्छ । अहिले जुन डिवेट चलेको छ त्यो एक/दुई दिनभित्रै निष्कर्षमा पुग्छ," दाहालले भने ।

मंगलबार परिवारसहित चितवन दाहाल १२ गतेसम्म चितवन रहने कार्यक्रम छ । कान्तिपुर दैनिकमा समाचार छ ।