२३ भाद्र २०८३, मंगलवार
,
Latest
पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः इंग्ल्यान्डविरुद्ध बंगलादेशले दियो १२५ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । आइसीसी टी–ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत अहिले बंगलादेश र इंग्ल्यान्डबीचको खेल जारी छ । 

शेख जायद स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले इंग्ल्याण्डसामु १२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

बंगलादेशले २० ओभरमा ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो । बंगलादेशका लागि मुशफिकर रहिमले सर्वाधिक २९ रन जोडे । यस्तै कप्तान महमुदुल्लाहले २४ रनमा १९ रन जोड्दा नुरुल हसनले १८ बलमा १६ रन जोडे । 

यस्तै महेदी हसनले १० बलमा ११ रन जोडे भने नासुम अहमदले ९ बलमा १९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 

यता इंग्ल्यान्डका टिमाल मिल्सले ३ विकेट लिँदा मोइन अली र लियाम लिभिंस्टनले २–२ विकेट लिए भने क्रिश वोक्सले १ विकेट लिए ।