२३ भाद्र २०८३, मंगलवार
,
Latest
पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले भिमाद नगर अध्यक्षमा थापा चयन



अ+ अ-

तनहुँ । नेकपा एमालेको भिमाद नगर अध्यक्षमा इमान बहादुर थापा चयन भएका छन् । 

मंगलबार सुरु भएको नगर अधिवेशनले इमान थापाको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन गरेको हो ।

यस्तै नगर उपाध्यक्षमा चतुर्भुज सुबेदी, सचिवमा उमाकान्त श्रेष्ठ, उपसचिवमा पदम सेन ठकुरी र भिमसिंह थापा (बलु) चयन भएका छन् । 

मंगलबार सुरु भएको अधिवेशनमा अध्यक्षमा इमान बहादुर थापा र पदम सेनबीच सहमति जुट्न नसक्दा बुधबारसम्म अधिवेशन लम्बिन पुगेको थियो । यसअघि नेकपा एकता भंग भएपछि गठित नगर अध्यक्षमा रहेका इमान पुनः अध्यक्ष चयन भएका हुन् । योसँगै तनहुँका ६ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । 

जसमा व्यास नगर अध्यक्षमा वीरेन्द्र अधिकारी, भानु नगर अध्यक्षमा प्रेम कुमार राना, शुक्लागण्डकी अध्यक्षमा मुक्ति तिम्सिना, बन्दिपुर पालिका अध्यक्षमा सुरेन्द्र थापा, आँबुखैरेनी पालिका अध्यक्षमा मिना अधिकारी सर्वसम्मत चयन भइसकेका छन् ।