१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्तिनाथमा बन्ने भयो ढुंगाको सबैभन्दा ठूलो विष्णु मूर्ति, शेष घलेले गरे ५० लाख दिने घोषणा



अ+ अ-

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिकस्थल मुक्तिक्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो विष्णुको मूर्ति बन्ने भएको छ । यहाँ ३५ फिट अग्लो बुद्धको मूर्ति रहेको छ ।

उक्त क्षेत्रमा ढुंगाबाटै कुदेर बनाइएको बुद्धको मूर्तिकै उचाईमा ढुंगाकै मूर्ति कुदेर विष्णु मूर्ति बनाउन लागिएको हो । त्यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष शेष घलेले ५० लाख दिने घोषणा गरेका छन् । 

एनआरएन अमेरिकाका अध्यक्षसमेत भइसकेका सोनाम लामाले ५ करोड बढी रकम खर्चिएर बुद्ध मूर्ति बनाएका थिए । उक्त बुद्धमूर्ति अहिले धार्मिक पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । ललितपुर को पाटन औद्योगिक क्षेत्रमा झण्डै ६ वर्ष लगाएर बुद्ध मूर्ति बनाइएको थियो । 
मुक्तिक्षेत्रमा रहेको सोही बुद्धमूर्ति भएकै ठाउँमा पुगेर घलेले विष्णुको मूर्ति बनाउन ५० लाख दिने घोषणा गरेका छन् । लामाले आफ्नो आमा बुवाको नामबाट उक्त रकम दिने घोषणा गरेका हुन् । 

नेपालमा बुद्ध र हिन्दु एकदमै मिलेर बसेको हर्मोनी भएको भन्दै घललेले सोही ठाउँमा विष्णुको मूर्ति बनाउनका लागि सबैलाई आह्वान पनि गरेका छन् । 

यो अभियानमा धेरै भन्दा धेरै ब्यक्तिहरुलाई सहभागी गराउन चाहेको भन्दै घलेले एक रुपैयाँ अथवा एक डलर किन नहोस्, सबैलाई अपनत्व हुने गरी सहभागी गराउनले बताए । यसका लागि सोनाम लामा र शेष घले दुई जनाले नेतृत्व गर्ने पनि बताएका छन् ।  

यो कार्य ब्यक्तिगत नभई राज्यका हुने भएकाले सरकारका तर्फबाट गुरुयोजना हुन सक्यो भने त्यहाँबाट पनि कोशिश गर्ने घलेले बताए । 

एनआरएनए पूर्व अध्यक्ष घलेले ५० लाख घोषणा गरेसँगै ब्रिटिस आर्मीका मेजर डम्मर घलेले पनि एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । 

मुक्ति क्षेत्रमा रहेको उक्त विशाल बुद्ध मूर्तिलाई आफूले चन्द्रमामा बनाएको घरजस्तै ठानेको पनि घलेको भनाई थियो ।