१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको १४ औं महाधिवेशन १८ दिन पर धकेलियो, नयाँ मिति मंसिर ९ देखि १३ गतेको प्रस्ताव



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व कार्यतालिका परिवर्तन गर्न प्रस्ताव गरेको छ ।  मंसिर ९ देखि १३ गतेका लागि तय गरिएको महाधिवेशन अब मंसिर २७ गतेदेखि पुस १ गतेसम्मका लागि तय गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

१८ दिन पर सारिएको महाधिवेशन कार्यतालिका अनुसार कात्तिक २७ गते वडा अधिवेशन, कात्तिक ३० गते पालिका अधिवेशन, मंसिर ३ गते  प्रदेश सभा अधिवेशन, मंसिर ६ गते  संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते  जिल्ला अधिवेशन, मंसिर १६ र १७ सात वटै प्रदेशको अधिवेशन र  मंसिर २७ देखि पौष १ गते केन्द्रीय महाधिवेशन गर्ने गरी प्रस्ताव गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले प्रस्ताव गरको नयाँ कार्यतालिका बारेमा निर्णय गर्न सभापति देउवाले केही दिन भित्र नै केन्द्रीय कार्यसमितिको बैठक बोलाउनु हुने निर्वाचन समितिले जनाएको छ ।