१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकप क्रिकेटः नामिबियाको पहिलो जित



अ+ अ-

अबुधाबीः आईसीसी टी२० विश्वकप सुपर १२ को आफ्नो पहिलो खेलमा नामिबियाले स्कटल्यान्डलाई चार विकेटले पराजित गरेको छ ।

बुधबार सुपर १२ को समूह-२ को खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको ११० रनको लक्ष्य नामिबियाले १९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नामिबियाको जितका हिरो जेजे स्मितले सर्वाधिक ३२ रन बनाएका थिए । ओपनर क्रेग विलियम्स २३ र माइकल भ्यान लिङ्गेनले १८ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन मात्र बनाएको थियो ।

स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४४ रनको योगदान दिए । क्रिस ग्रीभ्स २५ र म्याथ्यु क्रसले १९ रन बनाए ।

नामिबिया रुबेन ट्रम्पलम्यानले सर्वाधिक ३ विकेट लिए । जन फिंलिकले २, जेजे स्मित र डेविड विसेले समान १ विकेट लिए ।

नामिबिया सुपर–१२ को समूह २ मा सुरुवाती २ अंक जोड्दै तेस्रो स्थानमा छ । समूह १ मा इंग्ल्यान्ड २ खेल ४ अक बनाउँदै शीर्ष स्थानमा छ । एजेन्सी