काठमाडौ । सर्वोच्च अदालत भित्र देखिएको समस्यामा बारेमा सत्ता गठबन्धनमा रहेका दलहरुले छलफल सुरु गरेका छन् । जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादबले केही कानुनव्यसायीहरु संग बुधबार छलफल गरेका र आज प्रधानमन्त्री शेर बहादुर देउवा तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग कुरा गर्ने तयारी गर्नुभएको स्रोतले जनाएको छ ।
सम्भवतः आजै गठबन्धनको बैठक बसेर यसबारेका केही दृष्टिकोण आउछ होला स्रोतले भन्यो । बुधबार मात्र प्रधानमन्त्री देउवाले तरुणदलको कार्यक्रममा भन्नुभएको थियो हाम्रो गठबन्धन ५ पार्टीको जो छ, जे उठेका सवालहरु छन–न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौं ।
यो पनि पढ्नुहोस- अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन: प्रधानमन्त्री देउवा (भिडियो सहित)
केही दिन अघि माओबादी केन्द्रका अध्यक्ष दाहालले पनि आफु निकट कानूनव्यवसायी संग छलफल गर्दे प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणालाई हटाउन सबै अस्त्र प्रयोग गर्न निर्देशन दिनु भएको थियो । त्यस अघि लगभग मौन जस्तै रहेको नेपाल बार एशोसिएसन बढी क्रियाशिल भएको थियो ।