२३ भाद्र २०८३, मंगलवार
,
Latest
पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुर जिल्लामा १२ हजार हेक्टरको धान क्षति



अ+ अ-

कंचनपुरः यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बाढी र डुबानका कारण १२ देखि १३ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति पुगेको बताउनुभयो ।

“अहिले वडास्तरबाट क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “डुबानले सबैभन्दा बढी क्षति यहाँको दक्षिणी क्षेत्र, शुक्लाफाँटा, बेदकोट र दोधारा चाँदनी नगरपालिकातिर भएको देखिन्छ ।” कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती गरिँदै आएको छ ।

ज्ञान केन्द्रले दिएको जानकारीअनुसार बाढी र डुबानका कारण उखु तथा केरा खेतीमा दश प्रतिशत र तरकारीमा पाँच प्रतिशत क्षति भएको छ । धानखेती भित्र्याउने बेला आएको वर्षाका कारण खेतमा सुकाइएको धानबाला टुसाउन थालेका छन् । किसानले घरमा कुन्यु बनाएर राखेको धानसमेत नोक्सान भएको ज्ञान केन्द्रका प्रमुख विष्टको भनाइ छ ।

किसानलाई भने यस वर्ष चामल किनेर खानुपर्ने अवस्थामा आएको भन्दै चिन्तन छ । यहाँको शुक्लाफाँटा नगरपालिका–१२ का किसान राधे रानाले आफ्नो दुई बिघा खेतमा लगाइएको धानबाली भित्र्याउने बेला आएको बर्सातले क्षति पुगेको बताउनुभयो । “परिवारलाई वर्षभरि खानलाई हुन्छ भनेर अरुको खेतसमेत भाडामा लिएर धान लगाएको थिएँ”, रानाले भन्नुभयो, “बाली काटेर थ्रेसर लगाउभन्दा एक्कासि खेतमै धान डुबेर काम नलाग्ने भयो ।” कैलाली र कञ्चनपुरमा यस वर्ष सबैभन्दा बढी क्षति धानबालीमै भएको छ । ज्ञान केन्द्रले दुई÷तीन दिनभित्र क्षतिको यकिन विवरण आउने जनाएको छ ।