१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुनासो भए नागरिक एपमा निःशुल्क फोन गर्नुस्



अ+ अ-

काठमाडौं । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले अब फोन र भाइबरबाट समस्या र जिज्ञासा टिपाउन पाउने भएका छन् ।

सरकारले फुल भर्सनमा सार्वजनिक गरेको उक्त एप सञ्चालनमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले टोल फ्रि नम्बर ९निःशुल्क फोन लाग्ने० र भाइबर हेल्प डेस्क सुरु गरेको जनाएको छ । जसअनुसार अब नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताले एपमा समस्या आए ११०१ मा फोन गरेर गुनासो टिपाउन सक्नुहुनेछ । 

यस्तै, एपका प्रयोगकर्ताले एपको अफिसियल मोबाइल नम्बर ९७७–११२२३३४४५५ मा गुनासो तथा जिज्ञासा म्यासेज (मार्फत) टिपाउन सक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।

गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गएको वैशाख १९ गते फुल भर्सन सार्वजनिक गरिएको हो । नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो । पछिल्लो समय एपमार्फत सवारी साधनको राजस्व तथा लाइसेन्स नवीकरण, पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बीमा कार्यक्रम राखिएको छ । एपबाटै क्युआर स्क्यान गरेर विभिन्न बैंकमा खाता खोल्न समेत सकिन्छ ।

सुरुआती चरणमा गृहमन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो । नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवा समेटिने छन् । सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म ४२ वटा सरकारी सेवा नागरिक एपमार्फत नै लिन सकिने तयारी गरेको छ । रासस