१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझा पार्टीमा पाण्डेको अधिकार कटौती ,संघीयता खारेज गर्ने मिश्रको प्रस्ताब दुई तीहाईले पारित



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टी ले  अध्यक्ष रवीन्द्र मिश्रको “मार्ग परिवर्तन”  सम्बन्धी प्रस्ताब लाई दुईतिहाई मतले पारित गरेको जनाएको छ । मिश्रको प्रस्तावमा स्थानीय निकायलाई पुनर्संरचना र सदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने रहेको छ ।

यसैगरी धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने कुरा पनि प्रस्तावमा उल्लेख गरिएको छ । मिश्रले  ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकमा दस्तावेज आन्तरिक छलफल र बहसका लागि श्राबण ११ गते सार्वजनिक गरेका थिए ।

यो पनि पढनुहोस्-रवीन्द्र मिश्रको प्रस्तावः संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह

प्रस्तावमा मिश्रले संघीयता देशमा थप भ्रष्टाचार र आर्थिक भारतको स्रोत भएको उल्लेख गरेका छन् । साथै यो नेपालको अखण्डताका लागि समेत घातक हुने तथा नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकरण गर्ने अर्को कडी भएको उनको ठहर छ ।

उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको  विवेकशील साझा पार्टीकाप्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो । त्यसै गरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ। पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।

बैठकले पार्टीलाई  तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको पनि प्रवक्ता पाठकले जानकारी दिनुभयो ।