४ असार २०८३, बिहीबार
,
Latest
संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आम निर्वाचनमा गठबन्धन हुँदैन : नेत्री कोइराला



फाइल फोटो
अ+ अ-

चितवन । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताउनुभएको छ । 

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “गठवन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।” कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उहाँको भनाइ छ । 

फरक प्रसङ्गमा उहाँले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ । विश्वास गर्नुप¥यो । समयमा नै अधिवेशन हुनुपर्छ ।” महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उहाँले आफू छलफलमै रहेको बताउनुभयो । राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उहाँले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताउनुभयो ।

कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै आम निर्वाचन लक्षित हुनु आवश्यक रहेको पनि उहाँले बताउनुभयो । पछिल्लो समय प्रधानन्यायाधीशमाथि भइरहेको चौतर्फी आलोचनाप्रति उहाँले भन्नुभयो, “यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ ।” रासस