२३ भाद्र २०८३, मंगलवार
,
Latest
कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक सुरु



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । महाधिवेशनको प्रतिनिधिहरुको मापदण्ड अनुमोदन गर्नका लागि आज केन्द्रीय कमिटी बैठक बसेको हो । 

महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने गरी मापदण्ड तयार पारेको छ । ललितपुरको च्यासलस्थित तुल्सी लाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार ३३ प्रतिशत महिलासहित समावेशीताका आधारमा सङ्घीय निर्वाचन क्षेत्रबाट प्रतिनिर्वाचन क्षेत्रमा एक हजार ५०० पार्टी सङ्गठित सदस्य बराबर दुई खुला र एक महिला चयन हुनेछन् । 

निर्वाचन क्षेत्रमा एक हजार ५०० प्रतिनिधिभन्दा एक हजार सदस्य बढी भएपछि थप एक जना प्रतिनिधि थपिने र तीन हजार बढी सदस्य भए दुई महिलासहित छ जना प्रतिनिधि चयन हुनेछन् ।

महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषद्बाट २६२ जना पदेन प्रतिनिधि हुनेछन् । यस्तै भूगोलबाट एक हजार १९६ र प्रवास क्षेत्रबाट २० र पार्टी निकट प्रत्येक जनसङ्गठनबाट पाँच जना प्रतिनिधि चयन हुनेछन् ।

एमालेको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।