१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाइयो



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या १ हजार ९ सय ९९ पु¥याउने निर्णय गरेको छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा शुक्रबार बसेको पार्टी केन्द्रिय कमिटी बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएर १ हजार ९ सय ९९ पु¥याउने निर्णय गरेको हो । 

पार्टीका केन्द्रिय सदस्यहरुले प्रतिनिधिसंख्या बढाउने प्रस्ताव गरेपछि करिव ४ सय थप गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनु भयो । बैठकले आगामी कार्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयनका लागि निर्वाचन गर्ने कार्यक्रम पनि तय गरेको छ । त्यसैगरी बैठकले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा २ सदस्य थप गरेर २३ सदस्य पु¥याउने निर्णय पनि गरेको छ । पार्टी स्थायी कमिटीका सदस्य रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङलाई पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीमा थप गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले बताउनु भयो ।

एमालेले महाधिवेशनमा प्रयोग गर्ने विद्युतीय मतदान मेशिनको पनि परीक्षण गरेको छ । सो मेशिनको परीक्षण गर्दै बैठकले त्यसलाई महाधिवेशनका प्रयोग गर्ने निर्णय पनि गरेको हो । प्रवक्ता ज्ञवालीले भन्नु भयो, ‘१० औं राष्ट्रिय महाधिवेशनमा २ जना थप गरेर २३ सदस्य बनाउने निर्णय गरिएको छ । थप भएका सदस्यहरुमा स्थायी कमिटी सदस्य कमरेड रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङ हुनुहुन्छ । यसरी हाम्रो मूल व्यवस्थापन कमिटी २३ सदस्यीय भएको छ । यसको अलावा हामीले स्थायी कमिटी बैठकबाट १५ सय प्लस प्रतिनिधि प्रस्ताव गरेका थियौं । 

तर केन्द्रिय कमिटीका सदस्य साथीहरुले अलिकति प्रतिनिधित्व बढाउनु पर्छ भनेर व्यापक सुझाव दिनु भएको छ । र केन्द्रिय कमिटीका सदस्यहरुको सुझावको आधारमा अरु १० औं महाधिवेशनको प्रतिनिधिहरुको संख्या १९९९ हुनेछ । अर्थात करिव ४ सय सदस्यहरुको संख्या यसबीचमा थप्ने केन्द्रिय कमिटीबाट निर्णय भएको छ । हामीले सबै क्षेत्रहरुमा कार्तिक २७ गते प्रतिनिधि निर्वाचन गर्नेछौं । प्रतिनिधि निर्वाचनको निम्ति कार्तिक २७ गतेको मिति तोकिएको पनि यहाँहरुलाई जानकारी गराउँदछु । चौथो १० औं महाधिवेशनमा प्रयोग हुने विद्युतीय मतदान मेशिनको हामीले परीक्षण पनि ग¥यौं । यसको डेमो पनि भयो र यसलाई प्रयोग गर्ने निर्णय समेत हामीले गरेका छौं ।’

बैठकले पार्टीको अर्काे केन्द्रिय कमिटीको बैठक आगामी मंसीर ९ गते महाधिवेशनको अघिल्लो दिन चितवनको सौरहामा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ । बैठकमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई आह्वान गर्नु भएको छ । उहाँले बाँकि रहेका पार्टीको वडा र पालिका अधिवेशन छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीका नेताहरुलाई सचेत गराउनु भएको पार्टीका प्रवक्ता ज्ञवालीले बताउनु भयो ।