एजेन्सी । भारत र श्रीलंकाबीच मोहालीमा भइरहेको पहिलो टेस्टमा टीम इन्डिया बलियो स्थितिमा पुगेको छ ।
भारतले श्रीलंकालाई फलोअन दिएको छ । श्रीलंका पहिलो इनिङ्समा १७४ रनमा अलआउट भएको थियो । श्रीलंकाका लागि पथुम निसान्काले अविजित ६१ रन बनाए । भारतका लागि रविन्द्र जडेजाले ५ विकेट लिए । आर अश्विन र जसप्रित बुमराहले २–२ विकेट लिए ।
फलोअन खेलेको श्रीलंकाले अहिलेसम्म ७ विकेट गुमाएर १४० रन बनाएको छ । लसिथ एम्बुल्डेनिया र निरोशन डिकवेला क्रिजमा छन् । पाहुना टोली भारतसँग अझै २६० रन पछाडि छ ।
स्टार अफ स्पिनर आर अश्विन टेस्ट क्रिकेटमा भारतका लागि सर्वाधिक विकेट लिने दोस्रो बलर बनेका छन् । मोहाली टेस्टको दोस्रो इनिङ्समा चरित अस्लान्का (९) को विकेट लिएर अश्विनले कपिल देव (४३४) को कीर्तिमान तोडेका हुन् ।
भारतीय टोलीका लागि सबैभन्दा बढी टेस्ट विकेट लिने कीर्तिमान अनिल कुम्बले (६१९) को नाममा छ।