१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणा बिरुद्ध वारको विरोध जारी , सोमबार कालो पट्टि सहितको आन्दोलन



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरुद्धको आन्दोलनलाई सोमबार बाट निरन्तरता दिने भएको छ । सडक बाटै प्रधानन्यायधीस हटाउने भन्दै आन्दोलनमा उत्रिएको नेपाल वारले प्रधानन्याधीशले राजीनामा नदिदा सम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

हाल सम्मको आन्दोलनको समिक्षा र आगामी दिनको रणनीति तय गर्न भन्दै बारले आईतबार जिल्ला बारहरु संग भर्चुअल छलफल गरेको थियो । छलफल पछि वारका महासचिव लिलामणि पौडेलले एक अनुरोध पत्र जारी गर्दे सोमबार साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलनमा सहभागी हुन  काठमाडौं उपत्यकामा रहेका कानून व्यवसायीलाई आह्वान गर्नुभएको छ ।