१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको आन्दोलन जारी, प्रधान्याधीशबाट केही न्यायधीशहरुलाई बेञ्च तोकियो



अ+ अ-

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल वार एशोसिएससनले आज कार्यलय समय सुरु भएसंगै बिरोध कार्यक्रमलाई निरन्तरता दिएको छ ।  सडकबाटै प्रधानन्यायधीस हटाउने भन्दै आन्दोलनमा उत्रिएको नेपाल वारले प्रधानन्याधीशले राजीनामा नदिदा सम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

सोमबार बिहानसाढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलनमा नेपाल बार उत्रिएको छ । उता प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले चार न्यायधीश बाहेर अन्य न्यायधीशहरुलाई बन्दी प्रत्यक्षीकरणको मुद्दा तोक्नु भएएको छ ।

प्रधानन्यायधीश राणाले न्यायधीशहरु विश्वम्भर श्रेष्ठ, नहकुल सुवेदी, वमकुमार श्रेष्ठ, तेजवहादुर केसी, कुमार चुँडाल, मनोज शर्माको ईजलाासमा बन्दी प्रत्यक्षीकरणका मुद्दा तोक्नु भएको हो । आफुबिरुद्ध आन्दोलन गरिरहेका न्यायधीशहरु संग छलफल जारी रहेका कारण अन्य न्यायधीशहरुलाई मुद्धा नतोकिएको जनाईएको छ ।