५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सरकारको सहयोगमा मुस्ताङमा गुम्बा जीर्णोद्दार हुँदै



अ+ अ-

काठमाडौं । अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषको  सहयोगमा मुस्ताङ जिल्लाको मराङ गाउँस्थित लो गेखर अर्थात घर गुम्बाको भूकम्प प्रतिरोधात्मक जीर्णोद्दार हुने भएको छ । दुई लाख पचासी हजार अमेरिकी डलर अनुदान सहयोगमा गुम्बाको जीर्णोद्दार हुन लागेको नेपालमा स्थित अमेरिकी दूतावासले जनाएको छ ।

हालै एक कार्यक्रमका बिच गण्डकी प्रदेशका सांसद महेन्द्र थकाली, लो गेकर दामोदर कुन्ड गाउँपालिकाका प्रमुख लोप्साङ्ग सोम्फेल बिष्ट तथा दूतावासका पब्लिक अफेयर्स अफिसर ग्यारेट विल्करसनले संयुक्त रूपमा गुम्बाको जीर्णोद्दार कार्यको उद्घाटन गर्नुभयो। 

तिब्बती बौद्धमार्गीहरूको सवैभन्दा पुरानोमध्ये एक उक्त गुम्बामा  २०१५ को महाभूकम्प तथा बर्षौंदेखिको जलवायु सम्बन्धी विविध कारणहरूले गम्भीर क्षति पुगेको थियो।

यस परियोजनाले उक्त गुम्बा भवनको पूर्ण जीर्णोद्दार गर्नुका साथै कलाकृतिहरूको अभिलेक राख्ने तथा दीर्घकालीन संचालन योजना समेत बनाउनेछ जसले गर्दा भबिष्यमा धर्मावलम्बी र पर्यटकहरूले सुरक्षित र सजिलो तरीकाले उक्त सम्पदाको भ्रमण गर्न सक्ने छन्  यो परियोजना सन् २०२३ मा सम्पन्न हुने दूतावासले जनाएको छ ।  




भर्खरै