१४ असार २०८३, आईतवार
,
Latest
चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको बिकासका लागि एमसीसी चाहिन्छ: डा.बाबुराम



अ+ अ-

गोरखा । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीले देश बिकास गर्ने बताउनु भएको छ । गोरखा जिल्लाको भ्रमणमा रहनु भएका डा. भट्टराईलाई गण्डकी गाउँपालिकाका ३ र ८ नम्बर वडा लगायतका जनताले एमसीसीबारे पनि  जिज्ञासा राखेका थिए ।  जनताले संसदमा उठेका एमसीसीबारे पक्षविपक्षका सवाल र जवाफलाई उदाहरण दिँदै उनीसँग गण्डकी गाउँपालिकाका जनताले ‘एमसीसी पास गरे देश खान्छ भन्छन् के हो’ भनेर सोधे ?

जबाफमा भट्टराईले नेपालमा  विकास नहोस् भन्ने तत्वहरुले नै एमसीसीबारे भ्रम छरेको बताउनु भयो ।  नेता भट्टराईले एमसीसीबारे शंका नगर्न जनतालाई आग्रह  गर्नुभयो । 

एमसीसीले देश खान्छ भन्ने भ्रम हो भन्दै उहाँले भन्नुभयो "एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन् । यी सबै भ्रम हुन् । के त्यस्तो भए, नेपाली सुरक्षाकर्मी के हेरेर बस्छ ? हामी चुप लागेर बस्दैनौं नि । अहिले त हामी सहयोग लिने हो, विकास र समृद्धिमा लाग्ने हो, अहिले कसैसँग निहुँ खोज्ने अवस्थामा हामी छैनौं । पहिले हामी बलियो बन्ने हो अनि पो कसैले हेप्न सक्दैन । अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो ।"

बुढीगण्डकी बन्छ 

भेटघाटमा भट्टराईलाई स्थानीयले आफ्ना समस्या र सरोकारबारे प्रश्न पनि गरे । गोरखा घ्याल्चोक, तोरी स्वारा बेनिघाट, माझीगाउँका जनताको  प्रश्न थियो, ’बुढीगण्डकी बन्छ कि बन्दैन ? बने कहिले बन्छ ? कुन मोडालिटीमा बन्छ ?’ 

बूढीगण्डकी जलविद्युत आयोजनाको योजनाकार भट्टराईलाई गोरखा आउनुअघि यसबारे जनताले प्रश्न गर्छन भन्ने जानकार थिए । त्यसैले सम्बन्धित मन्त्रालयसँग जवाफ मागेर नै गोरखा आएका थिए । उनले आयोजनाले गति लिन नसक्नुको प्रमुख कारण ‘कुन मोडालिटीमा बनाउने’ भन्ने टुंगो नलाग्नु रहेको जानकारी गराए । 

दुई महिनाभित्रै बूढीगण्डकीको मोडालिटीबारे टुंगो लाग्ने उहाँले बताउनु भयो । आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमै अल्झँदा आफू दुखी भएको भन्दै अस्थिर सरकारको कारण बुढीगण्डकीको यो हालत भएको भन्दै काम नहुनाको कारण खुलाउनु भयो । 

 जसपाको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर गोरखाका सबै गाउँपालिका रनगरपालिकामा जनताको घर–घरमा पुग्ने अभियान निस्कनु भएका  नेता भट्टराईले जात र गोत्र त परिवर्तन हुन्छ । विकासको लागि पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छ्रैन । हाम्रो सोच बदल्न जरुरी छ ।’भन्दै पटक पटक पार्टी परिवर्तन गर्नुपरेको कारण खुलाउनु भयो । उहाँले भन्नुभयो पुराना पार्टीबाट देशको विकास र समृद्धि सम्भव छैन । विकासको लागि सबैभन्दा पहिले राजनीति ठीक ठाउँमा आउनुपर्छ  ।जसपाको सुज अभियान मंसिर ३ गते बाल्वामा स्वास्थ्य शिविर कार्यक्रम पश्चात टुंगिने  कार्यक्रम रहेको छ ।