१४ असार २०८३, आईतवार
,
Latest
नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोबेल पुरस्कार विजेता मलाला दाम्पत्य जीवन सुरु गर्दै, को हुन् उनका श्रीमान् ?



अ+ अ-

एजेन्सी । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले यूकेको बर्मिङ्घममा आफ्ना प्रेमीसँग एक ईश्लामिक समारोहकाबीच विवाह गरेकी छन्।

उनी र असेर मलिकले निकाहमा सहभागी हुँदै विवाहका लागि सहमति जनाएका थिए।

कानुनी हैसियत नहुने भए तापनि ईश्लामिक विवाहमा निकाहलाई पहिलो कदम मानिन्छ।

२४ वर्षीय यी अभियानकर्मीले त्यसलाई आफ्नो जीवनकै ‘एउटा मूल्यवान् दिन’ बताइन्। 

सन् २०१२ मा तालिबानको गोली हमलामा परेपछि पाकिस्तानी महिला अधिकारवादी मलालाले इङ्ग्ल्याण्डको वेस मिडल्याण्ड्स क्षेत्रमा शरण पाएकी थिइन्।

मलालाले के भनिन् ?
मङ्गलवार उनले एउटा ट्विट गर्दै असेर र आफू जीवनभरका लागि दम्पती भएको बताएकी थिइन्।

उनले लेखेकी थिइन्, 'अगाडिको यात्राका लागि एकसाथ अघि बढ्न हामी निकै उत्साहित छौँ।'

२४ वर्षकी मलाला १५ वर्षकी हुँदा पाकिस्तानमा तालिबानको हमलामा परेकी थिइन् जहाँ उनले किशोरीहरूको पढ्न पाउने अधिकारबारे बोलेकी थिइन्।

उत्तर(पश्चिमी स्वात उपत्यकामा लडाकुहरूले उनी चढेको स्कुल बसमा हमला गर्दा मलालासहित उनका अन्य दुई साथीहरू घाइते भएका थिए।

झण्डै ज्यान गुमाएको उक्त घटनापछि उनी र उनको परिवार ब्रमिङ्घममा सर्यो जसलाई उनले पछि ‘आफ्नो दोस्रो घर’ भनिन्।

१७ वर्षमा उनी नोबेल पुरस्कार पाउने सबैभन्दा काम उमेरकी व्यक्ति बनिन्।

पछि उनी अध्ययनका लागि अक्सफर्ड विश्वविद्यालय गइन् र एकजना अग्रणी मानवअधिकारकर्मी बनिन्।

विवाहबारे धारणा
मलालाले यसअघि विवाहका विषयमा दुविधाहरू व्यक्त गरेको पाइएको थियो।
भोग पत्रिकालाई जुलाईमा दिएको अन्तर्वार्तामा मलालाले भनेकी थिइन्, ‘म अझै बुझ्दिनँ मानिसहरूलाई किन विवाह गर्न पर्छ भनेर।’

‘यदि तपाईँ कसैलाई आफ्नो जीवनमा चाहनुहुन्छ भने किन विवाहका पत्रमा हस्ताक्षर गर्नु पर्यो, जोडी मिलेर मात्र बस्न किन नसकिने ?’

उनले थपिन्, ‘मेरी आमा चाहिँ कस्ती हुनुहुन्छ भने‘ुत्यस्तो कुरा गर्दै नगर१ तिमीले विवाह गर्नुपर्छ, विवाह सुन्दर कुरा हो।’

उनको विवाहको खबरलाई दशौँ हजार प्रशंसकले अनलाइनमा मन पराएका छन् र हजारौँले उक्त जोडीलाई शुभेच्छा पठाएका छन्।

को हुन् असेर मलिक ?
मलालाले आफू क्रिकेटको प्रशंसक भएको कयौँ अन्तर्वार्ताहरूमा बताएकी थिइन्।

संयोगले उनका श्रीमान् असेर मलिकको सम्बन्ध समेत सो खेलसँग नजिकको रहेको छ।

उनी पाकिस्तान क्रिकेट बोर्ड पीसीबीको न्याश्नल हाई पर्फर्मेन्स सेन्टरमा प्रबन्धक छन्।

उनले लाहोरको प्रतिष्ठित ऐचिङ्सन कलेज र लाहोर विश्वविद्यालयमा पढेका हुन्।

पीसीबीसँग जोडिनुअघि उनी पाकिस्तान सुपर लीगको एक टोली मुल्तान सुल्तान्ससँग समेत जोडिएका थिए। बीबीसीबाट साभार