१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छठका लागि घाट सजाउने क्रममा डुबेर युवकको मृत्यु



अ+ अ-

विराटनगर । छठ पर्वकाबीच मोरङको बक्राह खोलामा डुबेर एक युवकको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । 

प्रहरीका अनुसार रंगेली नगरपालिका भएर बग्ने बक्राह खोलामा छठका लागि घाट सिंगार्दै नुहाउने क्रममा युवकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा भारतको मधेपुरा जिल्लाबाट रंगेली ७ स्थित आफन्तकहाँ छठ मनाउनका लागि आएका २१ वर्षीय बिटु साह रहेका छन् । 

पूजाका लागि घाट सिंगारेपछि नुहाउन खोला पसेका ४ जनामध्ये डुबेका साहलाई उद्धार गरिएको थियो। साहलाई उद्धार गरिएसँगै उपचारका लागि रंगेली अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साहसँगै नुहाउन खोलामा पसेका १८ वर्षीय राजा साह बेपत्ता रहेका छन् । 

बेपत्ता साहलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी जारी राखेको छ ।