१४ असार २०८३, आईतवार
,
Latest
नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलद्वारमा सुन राखेर आएका भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने एक जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

बुधबार बिहान साढे ९ बजेको फ्लाइटमा दुबईबाट आएका भारतीय नागरिक ३५ वर्षीय मोहमद जुहेदलाई प्रहरीले आधा किलो सुनसहित पक्राउ गरेको हो । 

प्रहरी र भन्सारको संयोजनमा उनको मलद्वारबाट तस्करी गर्न लागिएको सुन बाहिर निकालिएको विमानस्थल स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार पानी, चिया खुवाएर दिसा गराएर सुन निकालिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।