१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सा नेपालले आठौं वार्षिकोत्सव मनायो



अ+ अ-

काठमाडौं । बार्सा नेपालले स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ। आइतबार काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर सन् २०१४ मा स्थापना भएको बार्सा नेपालले वार्षिकोत्सव मनाएको हो।

पदाधिकारी, पूर्व पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा क्लबले बिगतमा गरेका बिभिन्न कार्यक्रमहरुको समिक्षा भई आगामी योजनाहरुको बारेमा समेत छलफल भएको थियो।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष प्रकाश घर्तीले कोरोनाभाइरसको महामारीको कारण फ्यान्स ग्यादरिङ्ग नियमित रुपमा गर्न नसकेको भन्दै अब यस कार्यले निरन्तरता पाउने जानकारी दिए।

बार्सा नेपाल स्पेनिस फुटबल क्लब बार्सिलोनाको समर्थकहरुको समूह हो। 

काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यस क्लबले बार्सिलोना तथा समग्रमा फुटबल समर्थकहरुसँगको सहकार्यमा बिभिन्न सामाजिक कार्यक्रमको आयोजना गर्दै आएको छ भने क्लबको फुटबल टिमले बिभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ।