• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज: गुजरात र बेंगलुरु भिड्दै, यस्तो छ हेड टु हेड ★   राष्ट्रपतिद्वारा सरकारले पठाएका लगानीमैत्री अध्यादेश जारी ★   देवघाटमा दुई वडाका नयाँ भवन निर्माण ★   लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध ★   नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य: अर्थमन्त्री पुन ★   नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस, सहकार्यका लागि हामी तयार छौँ, महासंघ अध्यक्ष ढकाल ★   उपनिर्वाचन: बझाङमा सर्वदलीय बैठकको तयारी ★   लगानी सम्मेलन सुरु (फोटो फिचरसहित) ★   लगातार दोस्रो जितको खोजिमा नेपाल ★   गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

नेपाली काँग्रेसद्वारा शुभकामना आदानप्रदान



भद्रपुर, २२ असोज –

विजयादशमी, दीपावली, छठ, बकरिद, नेपाल संवत् र बलिहाङ चाडपर्वको अवसरमा नेपाली काँग्रेस वडा समितिद्वारा झापाको मेचीनगर–१ धुलाबारीमा  शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरियो । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नरेन्द्रविक्रम नेम्बाङले स्वतन्त्र न्यायपालिका, लोकतन्त्र र विधिको शासन कायम गराउने संविधान निर्माणका लागि अब हुने संविधानसभाको निर्वाचनमा युवापुस्तालाई उम्मेदवार बनाएर नेपाली काँग्रेस पार्टी अघि बढेको बताउनुभयो ।

झापा क्षेत्र नं १ का लागि नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले आफू व्यक्तिगत नभइ नेपाली काँग्रेसको उम्मेदवार भएकाले अब नेपाली काँग्रेसलाई विजयी गराएर संविधान निर्माण गराउने सुनिश्चित बाटो रोज्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा नेपाली काँग्रेस झापाका जिल्ला सदस्य टेकबहादुर लिम्बू, भूतपूर्व कर्मचारी सङ्घका त्रिभुवन चौधरी, मुस्लिम सङ्घ झापाका अध्यक्ष अमिन आलम, तरुण दलका वडा सभापति अम्बर गुरुङ र महिला सङ्घका वडा सभापति बिना रिजालले आफ्नो पार्टीप्रति प्रतिबद्ध भएर सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस वडा समितिका सभापति बद्री खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सदस्य जीवन प्रधान र धुलाबारी उच्च माविका प्राचार्य रुद्र कुरुङबाङले पनि निर्वाचनलाई सफल बनाउन पर्नेमा जोड दिनुभएको थियो ।