२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

आंशिक होइन पूर्ण जनादेश



अ+ अ-

सचिन रोका 

पहिलो संविधानसभाले अधुरो छोडेको संविधान निर्माणको काम पूरा गर्न फेरी अर्को संविधानसभाको गठन हुन लागेको छ । त्यसको लागि मंसिर ४ गते संविधानसभाको निर्वाचन हुँदैछ । विविध खाले राजनैतिक चुनौतिको सामना गर्दै नयाँ चुनाव तोकिएकै मितिमा सम्पन्न हुनेमा अब कुनै पनि दुविधा बाँकी छैन । विगतको संविधानसभा संविधान नबनाई विघटन हुनुको मुख्य कारण अग्रगमन र परिवर्तनकारी शक्तिको दुईतिहाई बहुमत नहुनु नै हो भन्ने कुरा दिनको घामजत्तिकै छर्लङ्ग भइसकेको छ । परिवर्तकारी शक्ति दुई तिहाईमा नहुनु र एक तिहाई संख्याको पश्चगामी शक्ति भिटो पावरमा रहनु नै संविधान नबन्नुको गुदी कारण थियो । संविधानसभा एकीकृत नेकपा माओवादी मात्रको एक्लो एजेण्डा थियो । पछि मात्र अन्य दलहरुले बाध्यतावश अंगिकार गरेका थिए ।

तत्कालीन काँग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले ‘बेबी किङ्ग’ को अवधारणा अघि सार्नु र एमाले वरिष्ठ नेता माधव कुमार नेपालले ‘संविधानसभा हाम्रो ऐजेण्डा नै होइन’ भनी सार्वजनिक अभिव्यक्ति दिएको घटनाले नै त्यो कुरा पुष्टि गरिसकेको छ । संविधानसभा माओवादीको सन्तान थियो तर धाई आमाको हातमा परेर राम्ररी हुर्कन पाएन । संविधानसभा काँग्रेस एमाले लगायतका अन्य दलहरुको झट्केलो सन्तान थियो त्यसैले उनीहरुलाई सन्तानसुख प्राप्त भएन । परिणामस्वरुप जातिय पहिचानसहितको संघीयता कायम हुन सकेन । संघीयता सहितको अग्रगामी संविधान बन्न सकेन । यसको एकमात्र कारण थियो अघिल्लो संविधानसभामा एजेण्डाधारी शक्ति माओवादीको पक्षमा दुई तिहाई मत आएन । त्यो अवस्थाले संविधान बन्न नसकेको कुरा मात्र होइन दैनिक राज्य संचालन प्रक्रियामा पनि गंभीर अस्थीरता निम्त्यायो । परिवर्तनको एजेण्डा बोकेको अग्रगामी शक्तिलाई स्थीर सरकार चलाउने स्पष्ट बहुमत समेत नहुँदा सुशासन र विकासको काम पनि लथालिङ्ग हुनपुग्यो । अरुको बैशाखी टेकेर सरकार चलाउनुपर्ने बाध्यताको कारण अग्रगामी शक्तिलाई जनताको पक्षमा काम गर्ने मौका समेत मिलेन । आफ्नो एजेण्डा अनुसारको बजेट समेत ल्याउन नपाएपछि जनतामा यसअघि गरिएका बाचाहरु पनि पूर्ण रुपमा कार्यान्वयन गर्न सकेन ।

चारैतिर प्रतिगमनकारी पर्खालले घेरिएको साँघुरो आँगनभित्र बसेर जेजति गर्न सकिन्थ्यो त्यो चाँहि प्रयास भएकै थियो । परिवर्तनकारी शक्तिसँग आवश्यक जनमत नहुँदा न संविधान बन्यो, न त जनमुखी शासनको ग्यारेण्टी । तसर्थ यसपालीको निर्वाचनमा इतिहाँसको  तितो सत्यबाट पाठ सिकेर परिवर्तन पक्षधर शक्तिलाई स्पष्ट बहुमत र संघीयताका पक्षधरहरुलाई दुई तिहाई बहुमतको जनादेश दिलाउनु न्यायसंगत हुनेछ ।