११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईङलिश प्रिमियर लिगमा आर्सनलको पहिलो स्थान सुरक्षीत



अ+ अ-

काठमाडौं, १२ पुस । ईङलिश प्रिमियर लिग फुटबलमा आर्सनल पहिलो स्थानमा उक्लीएको छ । वेष्टह्यामलाई ३–१ गोलले हराउदै आर्सनलले पहिलो स्थान सुरक्षीत गरेको हो ।

विहीवारराति सम्पन्न खेलमा पहिलो स्थानको लिभरपुलले भने म्यान्चेष्टर सिटीसँग २–१ गोलको हार बेहोर्यो । हारसँगै लिभरपुल चौथो स्थानमा झरेको छ भने सिटी दोश्रो स्थानमा छ । स्वान्सीलाई १–० ले गोलले हराउँदै चेल्सी तेश्रो स्थानमा रहन सफल भएको छ । १८ औं चरणको खेल सकिदा डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर युनाइटेड हलसीटीलाई ३–२ गोलले हराएर अंक तालिकामा सातौं स्थानमा उक्लीएको छ ।

यस्तै न्युक्यासलले स्टोकसीटीलाई ५–१ गोलले,फुलह्यामले नरविचलाई २–१ले, ,सन्डरल्याण्डले एभरटनलाई १–०ले पाखा लगाएका छन् । वेष्टब्रोम र टोटनह्याम भने १–१ गोलको बराबरीमा रोकिएका छन् ।