११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल फेष्टिबलमा एक नेपालीले तीन विदेशी ल्याउने



अ+ अ-

सिड्नी । अष्ट्रेलियाका लागि नेपाली दुतावास क्यानबेरा, न्यू साउथ वेल्स स्थित नेपाली महावाणिज्य दुतावास, अष्ट्रेलिया स्थित विभिन्न सामाजिक संघसंस्थाहरुसँग मिलेर गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले सिड्नीमा आयोजना गर्न लागेको नेपाल महोत्सव आइपुग्न अब एक साता मात्रै बाँकी छ ।
एक हप्ता मात्रै बाँकी रहँदा नेपाल महोत्सवको तयारी तिब्र पारिएको छ । नेपाल महोत्सवको दिनगन्ती सुरु भएसँगै नेपाल र अष्ट्रेलियामा यसको व्यापक प्रचार सुरु भएको छ । नेपालबाट नेपाल सरकारका मन्त्रीहरु र चर्चित कलाकारहरुको उपस्थिति हुने भएकाले पनि यो महोत्सवको महत्व अझै बढ्न गएको छ ।
सिड्नीमा रहेका नेपालीहरुले यो महोत्सवमा बहुसास्कृतिक प्रतिनिधित्वका लागि एक जना नेपालीले तीन जना विदेशीलाई निमन्त्रणा गर्ने अभियान चलाएका छन् । आगामी शनिबार हुने उक्त महोत्सवमा नेपाली भोजन, संस्कृति, शिक्षा तथा प्रबेशाज्ञा सम्बन्धी बृहत जानकारीहरु आगन्तुकहरुले प्राप्त गर्न सक्नेछन् ।
उक्त महोत्सव आयोजना गर्न महोत्सवका प्रायोजक र सह–प्रायोजकहरु तय भएका छन् ।