२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूली सिड्नीमा दोस्रो पटक प्रदर्शन हुने



अ+ अ-

सिड्नी । सिड्नीका दर्शकहरुको अनुरोधमा नेपाली कथानक चलचित्र ‘ठूली’ सिड्नीमा फेरी प्रदर्शन हुने भएको छ । दर्शकहरुले अत्यधिक माग गरेपछि ठूली दोस्रो पटक सिड्नीमा प्रदर्शन हुने भएको हो । यही आउदो अक्टोबर १८ तारिख शनिबारका दिन बेलुका ५:३० मा Hurstville को  Civic Theatre मा प्रदर्शन गर्न लागिएको अस्ट्रेलियाको लागि वितरक डाइनामिक मिडिया प्रोडक्सन र वितरण सर्भिसेज कम्पनिले जानकारी गराएको छ ।
नेपाली समाजमा विद्यमान महिलामाथीको दमन र अत्याचार माथिको यथार्थ घटनामा आधारित यो नेपाली कथानक चलचित्र ठूली लाई गत अगस्ट महिनाको २४ तारिखका दिन अस्ट्रेलियाको सिड्नीबाट पहिलो प्रदर्शन गरिएको थियो । यस चलचित्रलाई सिड्नीका दर्शकहरुले अत्यधिक मन पराएको बताइएको छ ।
नेपाली परम्परागत समाजको कुरीती विरुद्धको नारी प्रधान चलचित्र ठूलीलाई एभरेस्ट सुर्य बोहराले निर्देशन गरेका हुन ।
सिड्नीमा हुने दोस्रो प्रदर्शनको मौका पारेर यस चलचित्रका कार्यकारी निर्माता युवा ब्यबसायी सुनिल बस्नेत अस्ट्रेलियामा नेपाली चलचित्र बजारको ब्यबस्था अबलोकन, प्रबर्दन र बिकास सम्भाबनाबारे अध्ययन गर्नका निम्ति अष्ट्रेलियाको भ्रमणमा आउने भएका छन ।
ठूलीमा जिवन लुईँटेल, गरिमा पन्त, विशाल पहाडी, निला बस्नेतको साथमा बाल कलाकार कञ्चन ठकुरीको अभिनय रहेको छ।चलचित्र ‘ठूली’ मा नायिका गरिमा पन्तको भूमिका र बाल कलाकारको अभिनयले सिड्नीका दर्शकहरुको मन छोएको थियो । यस चलचित्रको मुख्य निर्माता अमेरिकामा बस्दै आएका पुष्कर पन्त हुन भने कार्यकारी निर्माता सुनिल बस्नेत रहेका छन ।




भर्खरै