• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति , इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भयो ★   दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास ★   मिलनले दिए सुहाङलाई बधाई ★   ओलीले दिए सुहाङलाई बधाई – फोटोफिचर ★   भक्तपुरमा कार र स्कुटर एकआपसमा ठोक्किदा एक जनाको मृत्यु ★   दक्षिण कोरियाबाट फर्किएका नेपालीको उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन हुने ★   मुस्ताङ बस दुर्घटनामा लिवर्टी कलेजका २१ विद्यार्थी घाइते ★   पाल्तु बिरालोले घरमा लगायो आगो, लाखौं रुपैयाँ बराबरको सामान जलेर खरानी ★   २०२३ मा अस्ट्रेलियालीहरु बढी ठगिए, ठगीबाट हुने घाटा कम ★   आगलागीपीडितको पीडा: सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

यस्तो छ, सांस्कृतिक कार्यक्रमको तयारी



मेलवर्न । मेलवर्नमा सुरु भएको नेपाल फेष्टिबल अन्तर्गत आज (शनिबार) विभिन्न कार्यशालाहरु भैरहेका छन् । कार्यशालामा नेपालको पर्यटन प्रबद्र्वन र लगानीका विषयमा गम्भिर छलफल भैरहेको छ । नेपाल फेष्टिबल अन्तर्गत आजको कार्यशाला सकिएपछि भोलि सांस्कृतिक महोत्सवको कार्यक्रम राखिएको छ ।
सांस्कृतिक महोत्सवमा नेपालबाट पुगेका कलाकारहरुका साथै स्थानीय कलाकारले पनि प्रस्तुती देखाउन आफ्नो तयारी गरेका छन् । जस अन्तर्गत विभिन्न ठाउँमा कलाकारहरुले रिहल्र्सल गरेका छन् । तीन महिनाको कडा मिहनेत पछि नेपाल फेष्टिबलका लागि स्थानीय कलाकारहरु तयार भएका छन् । नेपालको भाषा र संस्कृति झल्किने प्रस्तुती देखाउने गरी गरिएको उनीहरुको तयारी पुरा भएको जनाइएको छ ।
यस्तै, नृत्यका लागि पनि त्यहाँ रहेका नेपाली कलाकारहरुले लामो समय तयारी गरेका छन् । बालबालिकाको नृत्य सहितको प्रस्तुतीका लागि गरिएको तयारी पुरा भएको जनाइएको छ ।
मेलवर्नमा जारी नेपाल फेष्टिबल अन्तर्गत आइतबार हुने सांस्कृतिक महोत्सवका लागि नेपालबाट मेलवर्न पुगेका सविन राई र इलेक्ट्रोनिक व्याण्डले पनि अन्तिम तयारी गरेको छ । साँझ ६ बजे देखि दश बजेसम्म हुने सांस्कृतिक कार्यक्रम र कन्सर्टमा उक्त प्रस्तुती देखाइनेछ ।
यसै गरी तिव्वतियन कलाकारले नेपालको कला झल्किने खालको डिजाइनमा काठमा कुँदेर आकर्षक बुट्टा बनाएका छन् ।
यस्तै, कुमार र रस्याले नेपालको लाखे नाचको झल्को दिने गरी तयारी गरेका छन् । नेपाली संस्कृतिको बारेमा विशेष अवगत गराउन उनीहरुको यो प्रस्तुती हेर्न लायक हुने अपेक्षा गरिएको छ ।
नेपालका चर्चित गायक मिलन लामा आफ्नो प्रस्तुती दिनका लागि मेलवर्न पुगिसकेका छन् । नेपालबाट पुगेका कलाकार र स्थानीय कलाकारको प्रस्तुतीले नेपाल फेष्टिबलमा नयाँ रौनक छाउने र सहभागीहरुले भरपुर मनोरञ्जन लिन सक्ने अपेक्षा गरिएको छ ।