६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाको उच्च शिखर उल्टो चढेर संजयले बनाए किर्तिमान



अ+ अ-

सिड्नी , नेपाली युवा आरोही सन्जय पण्डीतले अस्ट्रेलियाको उच्च शिखर माउन्ट कोजीयस्को उल्टो चढेर नया किर्तिमान बनाएका छन । लामो दुरीका धावकका रुपमा चिनिएका सन्जय पछिल्लो समयमा किर्तिमानी आरोहीका रुपमा स्थापीत हुन पुगेका छन । यस अघि उनले अफ्रीकाको चुचुरोमा छिटो चढेर र युरोपको सवोच्च शिखरमा अर्धनग्न रहेर किर्तिमान बनाएका थिए ।

अस्ट्रेलियाको उच्च शिखर माउन्ट कोजीयस्कोलाई उल्टो हिडेर छिचोल्ने क्रममा संजयले ५ घन्टा ४५ मिनेट लगाएका थिए । उनले करिब ६ घण्टाको कठिन यात्रा पछि चुचुरोमा चन्द्रसुर्य अंकित झण्डा फरफराएका थिए । उनको यो किर्तिमानी आरोहणमा सिड्नीका सन्चारकर्मी र ब्यवशायिले पनि साथ दिएका थिए ।बिश्वको सातै महादेशका अग्ला हिमाल चढेर सेभेन समिटरको उपाधिका लागि प्रयत्नरत सन्जयले एशिया,युरोप,अफ्रीका र अस्टे«लियाको उच्च शिखरको सफल आरोहण गरिसकेका छन । अब आफ्नो लक्ष्य अमेरिकाको डेनाली रहेको उनी बताउछन् ।

नेपालवाटै अस्ट्रेलियाको उच्च शिखर माउन्ट कोजीयस्को उल्टो हिडेर आरोहण गर्ने घोषणा गर्दा पुरा गर्न सकिन्छकी सकीदैन भन्ने लागेको थियो तर त्यो सम्भव भयो ,सन्जयले सफल आराहेणपछि बताए । सुल्टो चढ्न खासै कठिन नभएपनि उल्टो चढ्न भने निक्रै कठिन हुने उनको अनुभव छ । यो सम्भवत बिश्वकै नया किर्तिमान हुन सक्छ, आज सम्म कसैले उल्टोवाट यो हिमाल आरोहण गरेको छैन, त्यसैले पनि यसलाई मैले् कर्तिमानका रुपमा लिएको छु ,उनले भने । हामी भिडियो र फोटोसहितको प्रमाण सहित गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि निकट भबिष्यमा पठाउने छु , सन्जयले सुनाए ।सफल आरोहण पछि सन्जयलाई अस्ट्रेलियाको क्यानबेरास्थीत नेपाली राजदुतावासमा राजदुत रुद्र नेपालले बधाइ दिदै खादाले सम्मान गरेका थिए । उनको किर्तिमानी आरोहणदलमा पुराना क्यामरापर्सन शयम्भुराज डंगोलले छायांकन, पवन दाहालले र पारस सुबेदी सम्मीलित रहेका थिए । यसअघि सन्जयले सगरमाथा र मनास्लु लगायतका चर्चित हिमालको सफल आरोहण गरिसकेका छन ।

बिश्वको सर्बोच्च शिखर सगरमाथा दुइ पटक छिचोलेका सन्जयले त्यसपछी भने दिमागमा सेभेन समिट अर्थात सातै माहादेशका सर्बोच्च शिखर चढने निर्णय लिए । त्यसपछि उनले अफ्रीकाको छानोका रुपमा चिनिएको माउन्ट किलिमन्जेरोको सफल अरोहणका साथै दक्षिण एशियाकै तिब्र गतीका आरोहीको कर्तिमान कायम गरे । लगत्तै सन्जयले युरोपको सर्बोच्च शिखर माउन्ट एल्ब्रुसको सफल आरोहण गर्दै चुचुरोमा छ मिनेट ३ सेकेन्ड अर्धनग्न बस्दै नया बिश्व किर्तिमान कायम गरे । यस पटक उनले अस्टे«लियाको उच्च शिखर माउन्ट कोजीयस्कोको उल्टो आरोहण गरेर थप किर्तिमान कायम गरेका छन ।