११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

४६ विद्यार्थीले पाए अष्ट्रेलियामा छात्रबृति



अ+ अ-

काठमाडौं । नेपालमास्थित अस्ट्रेलियन दूतावसले ४६ जना नेपाली विद्यार्थीहरुलाई यस वर्षको छात्रबृत्ति र विद्धत्वबृत्ति दिएको छ ।
सन् २०१५ मा अष्ट्रेलियामा उच्चशिक्षा अध्ययनका लागि ४६ जना नेपाली विद्यार्थीलाई यो पुरस्कार दिइएको हो ।
राजधानीमा भएको कार्यक्रममा मुख्य सचिव लीलामणि पौडेल र नेपालका लागि अस्ट्रेलियन राजदूत ग्लेन वाइटले संयुक्त रुपमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरे ।
छात्रबृत्ति प्रदान कार्यक्रममा मुख्यसचिव पौडेलले विकसित मुलुकमा यस प्रकारले उच्च शिक्षा लिन पाउने नेपालीले फर्केर स्वदेशको विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताए । उनलेले छात्रबृति पाएका विद्यार्थीहरुको अध्ययन सफलताको शुभकामना दिए ।
अष्ट्रेलियन राजदुत ग्लेन वाइटले छात्रबृति कार्यक्रमले नेपालमा उच्च शैक्षिक जनशक्ति भित्र्याउन मद्दत गर्ने बताए । उनले आगामी वर्षहरुमा छात्रबृतिको कोटाहरु बढाउँदै लगिने जानकारी दिए ।
शिक्षा, जिविकोपार्जन, सार्वजनिक नीति, प्राकृतिक स्रोत ब्यवस्थापन, वन ब्यवस्थापन, बाल मनोविज्ञान र अपाङ्गताजस्ता विषयमा नेपाली विद्यार्थीहरुले अष्ट्रेलियन विश्वविद्यालयमा अध्ययन गर्ने गरेका छन् ।
छात्रबृति पाएका ४६ जनामध्ये २० जना महिला र १० जना सरकारी कर्मचारीहरु रहेका छन् । हरेक वर्ष अष्ट्रेलियन सरकारले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्नका लागि छात्रबृति दिदै आएको छ ।
यस्तो छात्रबृति स्नातकोक्तर र पिएचडी तहको अध्ययनको लागि प्रदान गर्ने गरिन्छ । अष्ट्रेलियन सरकारले तीन महिनादेखि एक वर्ष अवधिका छोटो तालिमहरु पनि उपलब्ध गराउँदैं आएको छ ।
अस्ट्रेलियन सरकारले सन् १९६० देखि हालसम्म करिब ५०० भन्दा बढी नेपालीलाई छात्रबृत्तिको सुविधा प्रदान गरिसकेको छ । यस बाहेक पनि पछिल्लो समय धेरै नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा अध्ययनका लागि निकै आकर्षित हुने गरेका छन् ।