२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

आतंककारीले कैलाली घटना गराए : अध्यक्ष ओली



अ+ अ-


काठमाडौं, भदौ ७ । एमाले अध्यक्ष केपी ओलीले कैलाली घटना थारुले नभइ आतंककारी गराएको बताएका छन् ।

प्रेस चौतारीले सोमवार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले थारुहरुले

आतंककारी गतिविधि गर्नै नसक्ने जिकिर गर्दै राजनीतिका नाममा आतंककारी गतिविधि भएको दाबी गरे । उनले भने, ‘जाति, भाषा, धर्ममा मागहरु वार्ताबाट समाधान हुन्छन् । निहत्था प्रहरीमाथि आधुनिक हतियारले आक्रमण गर्ने आतंककारी हुन् ।’ उनले सरकारलाई आतंककारीलाई नियन्त्रण गर्न र मृतकलाई क्षतिपूर्ति दिन आग्रह गरे ।
सोही कार्यक्रममा एमाले बरिष्ठ नेता झलनाथ खनालले पनि संविधान जारी गर्न नदिन कैलालीमा विध्वंशकारी र आतंककारीहरुले सुरक्षाकर्मीमाथि आक्रमण गरेको जिकिर गरे । खनालले भने, ‘संविधान जारी हुन नदिन आतंककारीहरु क्रियाशील छन् । हामी कुनै पनि हालतमा संविधान जारी गरी उनीहरुको प्रयास असफल पार्छौ ।’ एमालेले कैलाली घटनाको भत्सना गर्दै जनतको सुरक्षा व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।