२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध मन लिएर अगाडी बढौ: खनाल



अ+ अ-

काठमाडौँ, भदौ ११। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले टीकापुर घटना निन्दनीय, बर्बर र नृशंस भएको भन्दै अहिलेको कठिन अवस्थामा बुद्ध मन लिएर अगाडि बढ्न सके मात्र शान्तिपूर्ण समाजको परिकल्पना गर्न सकिने बताउनुभएको छ ।
उहाँले मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रलाई पल्टाउन सामन्तवादी शक्ति सल्बलाएको बताउँदै यथाशीघ्र संविधान जारी गर्न सबै दल एकजुट हुनुपर्छ भन्नुभयो ।

राजतन्त्र कुनै हालतमा नफर्कने, संविधानमा महिला, मुस्लिम, थारू, श्रमिक सबैको अधिकार सुनिश्चित गर्नुपर्ने, बागलुङ र रुकुमको समस्या समाधानमा दल एकमत हुनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री खनालले संविधान सहमतिको दस्तावेज रहेको उल्लेख गर्नुभयो ।

सभासद् प्रकाशशरण महतले टीकापुर घटना अमानवीय, क्रूर र निन्दनीय रहेको भन्दै सबै जातजातिको अलगअलग राज्य हुन नसक्ने बताउनुभयो ।

सभासद् जनार्दन शर्माले टीकापुरको घटना निन्दनीय भएको बताउँदै जनतालाई कसैको हठमा नलाग्न आग्रह गर्नुका साथ कर्णालीको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

सभासद् दिलनाथ गिरीले नेपाली जनताले अपनत्व गर्न सक्ने प्रकृतिको संविधान जारी हुनुपर्ने, सभासद् जनकराज चौधरीले दलित र महिला, मुस्लिम पिछडिएको वर्ग सबैको हित हुने संविधान जारी हुनुपर्ने र सभासद् राजेन्द्रसिंह श्रेष्ठले वंशजका हिंसाले नागरिकता पाउनुपर्ने माग गर्नुभयो । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल जारी छ । रासस