६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय कुमारले कुकुरको मृत्यु भएपछि भावुक हुँदै लेखे यस्तो स्ट्याटस



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी प्रायः आफ्नो प्रोफेशनल लाइफ र पर्सनल लाइफसँग सम्बन्धित अपडेट्स फ्यानसँग सेयर गरिरहेका हुन्छन् । 

उनले आफ्नो इन्स्टाग्राममा एउटा दुखद खबर शेयर गर्दै आफ्नो कुकुर क्लियोको मृत्युमा शोक व्यक्त गरेका छन् ।

अक्षयले मंगलबार बिहान आफ्नो इन्स्टाग्राममा आफ्नो कुकुरसँगको पुरानो तस्विर साझा गरेर उनको सम्झनामा एक भावुक स्टाटस सेयर गरे । 

यस थ्रोब्याक तस्विरमा, अक्षय कुमार र उनकी पत्नी ट्विंकल खन्ना आफ्नो कुकुरलाई माया गरिरहेको देखिएको छ । तस्विर इन्स्टाग्राममा सेयर गर्दै अभिनेताले क्याप्सन लेखेका छन्,‘उनीहरु भन्छन् कुकुरले हाम्रो मुटुमा आफ्नो खुट्टाको छाप छोडिदिन्छन् । आज तिमिले हाम्रो मुटुको एक भाग लिएर गयौ । त्यहाँ आराम गर, क्लियो। तीमिलाई धेरै मिस गरिनेछ।’

अक्षय कुमार अहिले आफ्नो फिल्म बच्चन पाण्डेको प्रमोशनमा व्यस्त छन् । फिल्ममा अक्षय कुमार र कृति सेननका अलावा ज्याकलिन फर्नान्डिज, स्नेहल डब्बी, अभिमन्यु सिंह र सहर्ष कुमार शुक्लाको पनि अभिनय रहेको छ । 

फिल्मको कथा एक ग्याङ्स्टरको वरिपरि घुमेको छ । यो ग्याङ्स्टर अभिनेता बन्न चाहन्छ। कृति सेनन एक पत्रकार हुन् जो फिल्म निर्देशक बन्न चाहन्छिन्। फिल्ममा अर्शद वारसी, पंकज त्रिपाठी र प्रतीक बब्बरको पनि अभिनय रहेको छ ।

निश्चय कुटाण्डाले लेखेको चलचित्रलाई फरहाद शामजीले निर्देशन गरेका हुन् । यसअघि सन् २०२० को क्रिसमसमा यो फिल्म रिलिज हुने तय भएपनि कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।